प्रदेश २ ले बाढीमा ज्यान गुमाउनेका परिवारलाई ३ लाख दिने

 

असार २८, जनकपुर । प्रदेश २ सरकारले बाढी पहिरोमा परी ज्यान गुमाउनेकाे परिवारलाई ३ लाख रकम आर्थिक राहत उपलब्ध गराउने निर्णय गरेको छ । 

प्रदेश २ को शनिबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले बाढी पहिरोबाट ज्यान गुमाएकाहरुको प्रति परिवार ३/३ लाख राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो । 

null

साथै राहत तथा उद्धारका लागि प्रत्येक जिल्लाका विपद् व्यवस्थापन समितिलाई तत्कालका लागि १०/१० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय समेत गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिए । 

मन्त्रिपरिषदको बैठकले देश तथा प्रदेशभरीका युवाहरुलाई आह्वान समेत गरेको छ । 

बाढीका कारण सबै बाटोहरु अवरुद्ध भएकाले राहत तथा उद्धारका लागि संघीय सरकारसँग समन्वय गरेर हेलिकोप्टर ल्याउने तयारी भइरहेको बताइएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *