पहिरो खसेपछि मेची राजमार्ग अवरुद्ध, यात्रु मर्कामा

 

साउन २, पाँचथर । वर्षाका कारण पहिरो खसेपछि मेची राजमार्ग अवरुद्ध भएको छ । 

राजमार्ग अन्तर्गत राँके–फिदिम सडकखण्डको फाल्गुनन्द गाउँपालिका–३ पा‌ंग्रेभीरमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो । 

null

पहिरोले राजमार्ग अवरुद्ध भएपछि ताप्लेजुङ, पाँचथर र तेह्रथुमको आठराई क्षेत्रबाट झापातर्फ छुटेका र यसतर्फ आउँदै गरेका सवारी साधनहरु बाटोमै रोकिएका छन् । यात्रुलाई आवतजावतमा समस्या भएको छ । 

अहिले पहिरो पन्छाउने काम भइहरको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *