विप्लव समूहले भन्यो– केपी–बादल सरकारले दमन नरोके शक्तिशाली प्रतिरोध

 

असार १७, काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले आफूहरुमाथिको दमन तत्काल नरोके शक्तिशाली प्रतिरोध गर्ने चेतावनी दिएको छ । 

सोमबार सिलिचोङ गाउँपालिका–१ मा गस्तीका लागि गएको प्रहरी टोली र प्रतिबन्धित विप्लव समूहबीच जम्काभेट हुँदा गोली हानाहान भएको थियो । 

null

प्रहरीले शसस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त गस्तीमा रहेको १९ जनाको प्रहरी टोलीमाथि विप्लवका कार्यकर्ताले गोली चलाएर भागेपछि जवाफी गोली चलाएको दाबी गरेको थियो । 

विप्लव समूहले भने प्रहरीको दाबीको खण्डन गरेको छ । शान्तिपूर्ण राजनीतिक कार्यक्रमका लागि जनताको घरमा बास बसिरहेका नेता कार्यत्रकर्तामाथि केपी ओली–बादल गृह प्रशासनले तीव्र प्रहरी दमन गरेको विप्लव समूहको ठहर छ । 

एक विज्ञप्ति जारी गर्दै विप्लव नेकपाले सरकारले यस्ता गतिविधि कायमै राखे शक्तिशाली प्रतिरोध गर्ने र त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार केपी–बादल सरकार हुने बताएको छ । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *