बाढी पहिरोबारे राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव
२०७६ साउन २ गते

साउन १, काठमाडौं । अविरल वर्षाका कारण आएको बाढी, पहिरो, उद्धार तथा राहतबारे गर्न राष्ट्रिय सभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ ।
बुधबार नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारी, राजपा सांसद वृषेशचन्द्र लाल र कांग्रेस सांसद बद्री पाण्डेले उक्त प्रस्ताव दर्ता गराएका हुन् ।
null
‘वर्षाको कारण मुलुकका विभिन्न भागमा धेरै संख्यामा मानिसको मृत्यु भएको, घाइते र वेपत्ता भएका, सर्वसाधारणको घरवास, खेतबारी बगाई हजारौं विस्थापित भएका, धेरै राजमार्ग अवरुद्ध भएको, विद्युत सेवा रोकिएको, खानेपानीको अभाव भएको, विद्यालय क्षतिग्रस्त भएका, स्वास्थ्य उपचार, उद्धार तथा राहतको काम कारवाही सम्बन्धमा सदनले जानकारी लिई आवश्यक निर्देशन दिनुपर्ने’ प्रस्तावमा उल्लेख छ ।
२०७६ साउन २ गते
प्रतिक्रिया
सम्बन्धित








