विषादी परीक्षण: सरकारको राष्ट्रवाद कुन दुलोमा छिर्यो ?

असार २२, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले तेस्रो मुलुकबाट नेपाल भित्रिने तरकारी तथा फलफुल परीक्षण नगर्ने सरकारको निर्णयप्रति संसदमा ध्यानाकर्षण गराएकी छिन् ।
आज (आइतबार) को राष्ट्रिय सभा बैठकमा सांसद देवकोटाले कसैको दबाबमा आएर सरकारले जनताको स्वास्थ्यमाथि खेलवाड गर्न नमिल्ने भन्दै ध्यानाकर्षण गराएकी हुन् ।
‘सरकारले कसैको दबाबमा आएर जनताको स्वास्थ्यमाथि खेलवाड गर्न मिल्दैन । विषादी परीक्षणको निर्णय फिर्ता गर्नुपर्ने अवस्थाबारे सरकारले सदनलाई यथार्थ जानकारी गराउनुपर्छ’, उनले भनिन् ।
null
संसदमा उनले अर्काको दबाबमा आएर आफ्नो निर्णयबाट फिर्ता हुने यो कस्तो राष्ट्रवाद हो ? भन्दै प्रश्न समेत गरिन् ।
‘यो कस्तो गाईजात्रा हो सभाअध्यक्ष ज्यू ? आफैँ निर्णय गर्ने अनि आफैँ फेरि कार्यान्वयन नगर्ने ? निर्वाचनको बेलामा महान राष्ट्रवादीको नारा र भाषण दिने अहिलेको सरकार कसैको दबाबमा आएर लर्याकलुरुक परेर फेरि आफ्नो निर्णयबाट फिर्ता हुने र यो कस्तो राष्ट्रवाद हो ? अहिले सरकारको राष्ट्रवाद कुन दुलो भित्र छिरेको छ ?’, उनले प्रश्न गरिन् ।








