पिसाव पोल्ने समस्याबाट यसरी छुट्कारा पाउनुहोस्

 

साउन ५ । पिसाव खुलेर नआउने वा कम आउनाले पिसाव पोल्ने गर्दछ । आजभोली पिसाब पोल्ने समस्याले धेरै व्यक्ति ग्रसित छन् । कति पय मानिसहरु यो समस्यालाई सानोतिनो समयस्या भनेर वास्ता नगर्नेहरु पनि छन् तर यी समस्याको बारेमा बेलैमा होस् पुर्याएन भने यसले भोलि गएर ठूलो रोग निम्ताउन सक्छ । 

दिनानु मानिसहरु निकै व्यस्त बनि रहेका छन् व्यस्त जिवनमा हामीले हाम्रो स्वास्थ्यलाई ध्यान नदिंदा यस्तो समस्याको शिकार हुन पुग्छौँ जब सम्म समस्या सानोतिनो हुन्छ बेवास्था गछौँ र जब यो समस्या निकै ठूलो रोगमा परिवर्तन हुन्छ अनिमात्र धेरै व्यक्तिहरु उपचारको लागि अस्पताल धाउँने गर्छन् । 

null

बिभिन्न यौनरोग हरुको संक्रमणबाट,कुनै विष वा कडा औषधिका कारण मृगौला वा पिसाव नलि वा पत्थरीका कारण पिसाव पोल्ने गर्दछ । तल केही घरेलु उपाय छन् जसले तपाईलाई पिसाव पोल्ने समस्याबाट छुट्कारा दिनेछ । 

– हरेक दिन साँझ बिहान नरिवलको पानी सेवन गर्नाले पनि पिसाब सम्बन्धी रोग निको हुने गर्दछ । 

– फलफुलमा आलुवखरा, अंगुर, पाकेको आँपको रस सेवन गर्नाले पनि पिसाव पोल्ने समस्या कम हुन्छ । 

– गाजरको रस साँझ बिहान १,१ गिलास सेवन गर्नाले पिसाव पोल्न कम हुन्छ । 

– दुई चम्चा धनिया बेलुका भिजाउने र बिहान उठेर मिश्रीसँग सेवन गर्नाले पनि पिसाव पोल्न कम हुन्छ । 

– पिसाव पोल्ने रोगीले प्रशस्त पानी पिउनुका साथै छारयुक्त पदार्थको सेवन गर्नुपर्छ । 

– हर्रो बर्रो र अमला चूर्णं एक गिलास पानीमा बेलुका भिजाइ बिहान बिहान सेवन गर्ने गरेमा पनि पिसाव पोल्न कम हुन्छ । 

– दत्तिवनका केही पात वा डाँठहरुलाई पानीमा पकाउने र त्यसमा हर्रो बर्रो र अमला चूर्ण समेत मिलाइ नियमित १५ दिन सेवन गरेमा पिसाव सम्वन्धी धेरै समस्या ठीक हुन्छन् । 

– बोटैमा पाकेको अर्गानिक आप १ हप्ता सम्म दिनको दुइवटा सेवन गर्नाले धेरै पिसाबका रोगहरु निको हुन्छन् । 

– तरकारीमा मेथीको साग सेवन गर्दा पिसाव पोल्ने समस्या कम हुन्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *