जापानको एक स्टुडियोमा आगलागी हुँदा २३ को मृत्यु ३६ घाइते

 

श्रावन २, जापान । बिहिबार जापानमा एक स्टुडियोमा आगलागी हुँदा २३ जनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन् । 

जापानको क्याटो शरमा रहेको एक एनिमेशन स्टुडियोमा एकजना आक्रमणकारी स्टुडियोमा छिरेर एक प्रकारको तरल पदार्थ छर्केर आगजानी गर्दा २३ जनाको मृत्यु हुनुको साथै थप ३६ जना घाइते भएको हो । 

null

 

हाल आगो निभाउन ४८ वटा वारुणयन्त्र प्रयोग गरिएको छ भने आगो निभाउने कोशिस भईरहेको र यस आगलागीमा परी घाईते हुनेहरुलाई अस्पतालमा लगिएको बताईएको छ । 

सामाचार संस्था एनएचकेले जनाए अनुसार स्थानिय समय अनुसार करिब बिहानको १० बजे भएको आगलागी परेर अझै ३० जना व्यक्ति बेपत्ता भएका छन् । 

आगलागी गर्ने ती व्यक्तिलाई भने पक्राउ गरि सकिएको र उनी पनि उक्त आगलागीमा परी घाइते भएकोले उनलाई उपचारको लागि अस्पताल लगिएको अमेरिकी सञ्चारमाध्यम सिएनएनले जनाएको छ 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *