भारतमा बाघको आक्रमणबाट एक जनाको मृत्यु, ३६ गाउँमा रेड अलर्ट जारी

एजेन्सी । भारतको मध्य प्रदेशमा बाघले मानिसको हत्या गरेपछि वन अधिकारीहरूले रेड अलर्ट जारी गरेका छन् । मध्य भारतीय राज्य मध्य प्रदेशका ३६ वटा गाउँमा रेड अलर्ट जारी गरिएको हो ।

मध्यप्रदेशको राजधानी शहर भोपालको छेउमा रहेको रायसेन जिल्लाका गाउँहरूमा अलर्ट लागू गरिएको छ । रायसेन वन डिभिजनको पूर्वी क्षेत्रमा ६२ वर्षीय पुरुषको आधा खाएको शव फेला परेको वन अधिकारीले जानकारी दिए ।

जंगलमा तेन्दुपात टिप्ने क्रममा उनीमाथि आक्रमण भएको हो । बाघले बारम्बार आफ्नो स्थान परिवर्तन गरिरहँदा आक्रमणले गाउँमा त्रास फैलाएको छ । विज्ञहरूको तीन टोलीले ट्रेस गर्न र यसको गतिविधि निगरानी गर्न यी ३६ गाउँहरूमा र वरपर १०० भन्दा बढी क्यामेराहरू राखेका छन् । सन् २०२३ मा जारी गरिएको पछिल्लो गणना अनुसार मध्य प्रदेशमा ७८५ बाघ छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *