बाढीपीडितकाे सहयोगमा खटिन सांसदलाई सभामुख महराको आग्रह

२०७६ असार ३१ गते

असार ३०, काठमाडौं । प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले बाढी, पहिरो, डुबान प्रभावित क्षेत्रमा पुगी विस्थापित परिवारलाई राहत र उद्धार सहयोग गर्न आग्रह गरेका छन् ।
सोमबार एक विज्ञप्ति जारी गर्दै प्राकृतिक विपद् प्रभावित क्षेत्रमा पुगी उद्धार, राहत र सहयोगमा समन्वय तथा सहकार्य गर्न आग्रह गरेका हुन् ।
null
त्यस्तै संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि, सुरक्षाकर्मी, सामाजिक संघ संस्था, अभियन्ता र राजनीतिक दललाई पनि विपद प्रभावितको सहयोगमा खटिन सभामुख महराले अनुरोध गरेका छन् ।
प्राकृतिक विपद्बाट हुने जनधनको क्षति कम गर्न र विपद् आइपरेमा तत्काल उद्धार एवं राहतलाई अल्पकालीन र दीर्घकालीन योजना बनाई व्यवस्थित गर्न पनि सरकारलाई ध्यानाकर्षण गराएका छन् ।

२०७६ असार ३१ गते
प्रतिक्रिया
सम्बन्धित