‘राष्ट्र विखण्डनको खतरा कायमै, बैकल्पिक शक्ति राप्रपा’

 

असार ६, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) का अध्यक्ष कमल थापाले राष्ट्र विखण्डनको खतरा कायमै रहेको दाबी गरेका छन् । 

आजबाट काठमाडौंमा सुरु भएको केन्द्रिय कार्यसमितिको विस्तारित बैठकमा राजनीतिक कार्यपत्र प्रस्तुत गर्दै अध्यक्ष थापाले यस्तो दाबी गरेका हुन् । 

null

केही समयअघि सरकार र सिके राउत नेतृत्वको विखण्डनकारी समुहका बिचमा भएको सम्झौता सकारात्मक देखिएपनि त्यसले देश टुक्र्याउन चाहने प्रवृत्ति र गतिविधिलाई पूर्णतः निस्तेज पार्न नसकेको उनको भनाइ छ । 

‘विखण्डन केवल केही व्यक्तिहरुसँग गाँसिएको लहड, मान्यता वा कार्य होइन । मुलतः विगतका कतिपय त्रुटि र कमजोरीहरुको कारण यो प्रवृत्ति र आधारको जन्म भएको हो । त्यसर्थ त्यो प्रवृत्ति र आधारलाई जडैदेखि समाप्त नपारेसम्म राष्ट्रिय अखण्डता प्रति पूर्णरुपमा विश्वस्त हुन सकिन्न,’ अध्यक्ष थापाले भने । 

परिवर्तनको अभ्यास भएको १३ बर्ष पुग्दा नपुग्दै प्रजातन्त्र वा लोकतन्त्रको भविष्य माथि पुनः प्रश्नचिन्ह खडा हुन थालेको ठहर गर्दै उनले लोकतन्त्रको भविष्यमाथि कालो बादल मडारिन थालेको बताए । 

‘विगतमा झौ प्रजातन्त्रमाथि प्रजातन्त्र विरोधीहरुबाट होईन, प्रजातन्त्रको लागि संघर्ष गरेका, जेलनेल भोगेका र जनअधिकार रक्षा गर्ने प्रतिबद्धता बोकेर सत्तारुढ भएका एवं प्रमुख प्रतिपक्षको जिम्मेवारी वहन गरेका शक्तिहरुको अकर्मण्यता, गलत नीति, भ्रष्ट प्रवृत्ति र अन्तरविरोधको कारणबाट लोकतन्त्रको भविष्यानथि कालो बादल मडारिन थालेको छ,’ थापाले आफ्नो उल्लेख गरेका छन् । 

मुलुकमा हाल विद्यमान चुनौति र समस्याहरुको निमित्त वर्तमान कम्युनिष्ट सरकार मात्र नभइ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पनि उत्तिकै जिम्मेवार रहेको उनले प्रष्ट पारे । कहिले मिलेर, कहिले झगडा गरेर उनीहरुले देशलाई बर्वादी तर्फ धकेली रहेको थापाको निष्कर्ष छ । 

अध्यक्ष थापाले १३ बर्षका यावत विकृति र विसंगतिकै कारण नेपाली जनताले वैकल्पिक शक्तिको खोजी गरेको दाबी गर्दै त्यो बैकल्पिक शक्ति राप्रपा हुनसक्ने धारणा राखे । ‘एउटा यस्तो शक्ति जसले प्रजातन्त्रलाई संस्थागत र सुदृढ तुल्याउन सकोस्, जसले राष्ट्रिय हित र राष्ट्रिय स्वार्थ संरक्षणमा कसैस“ग सम्झौता नगरोस्, जसले राजनीतिक स्थिरता कायम गरि आर्थिक विकास र सम्बृद्धिको उपलब्धि नेपाली जनताले प्रत्याभूत गर्ने अवस्था सिर्जना गर्न सकोस्’ थापाले प्रतिवेदनमा भनेका छन् । 

हिन्दू राष्ट्र पुनस्र्थापनाको अभियानमा जुटेको राप्रपाले पछिल्लो समय सडक संघर्ष सँगसँगै स्वाभिमान यात्रा सुरु गरेको छ । केही समयअघि राप्रापाले हिन्दू राष्ट्रको माग गर्दै देशभरका मन्दिरहरुमा ब्यानर राखी धर्म निरपेक्षेताको ब्यानर जलाएको थियो । 

गत फागुन ७ गते सरकारसमक्ष हिन्दु राष्ट्रको पुनःस्थापना, राजा सहितको लोकतन्त्रका लागि सर्वपक्षीय गोलमेच सम्मेलन, संघीयताबारे जनमतसंग्रह लगायतका २२ बुँदे मागपत्र समेत पेस गरेको थियो । सरकारले भने यसतर्फ कुनै पहल गरेको छैन । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *