गुठीसम्बन्धी विद्येयक फिर्ता नलिए काठमाडौं घेराबन्दी

 

जेठ २८, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद राजेन्द्र कुमार केसीले सरकारले गुठियारमाथि दमन गरेको भन्दै सोसम्बन्धी विद्येयक फिर्ता लिन आग्रह गरेका छन् । 

मंगलबारको प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै सांसद केसीले गुठीसम्बन्धी विद्येयक फिर्ता नलिए काठमाडौंमा घेराबन्दी हुने बताए । 

null

संसदमा उनले भने, ‘विधेयक फिर्ता लिइएन भने मुलुकमा भयावह हुन्छ। काठमाडौंको एकजना पनि घरमा बस्ने छैनन् । काठमाडौं घेराबन्दी हुनेछ ।’ 

आफूले विद्यार्थी हुँदा कम्युनिस्टहरुले धर्म, संस्कृति र चाडपर्वहरु मान्दैनन् भन्ने सुनेको र गुठी विधेयकले त्यसलाई पुष्टि गरेको उनको भनाइ छ । उनले अघि भनेका छन्, ‘कम्युनिस्टहरुले संविधान मान्दैनन् भन्ने पनि सुनेको थिएँ । त्यो पनि पुष्टि भएको छ।’ 

उनले माइतीघरमा गुठियारद्वारा भएको प्रदर्शनमा प्रहरीद्वारा गरिएको हस्तक्षपको विरोध गर्दै प्रदर्शनका क्रममा भएका घटनाको छानबिन गर्नका लागि समिति गठन गर्न आग्रह गरे। 

‘अस्ति राजधानीबासीलाई जसरी निर्ममतापूर्वक लाठीचार्ज गरियो, त्यसको छानविनका लागि तत्काल आयोग गठन होस् । यो विधेयक सरकारले फिर्ता लिएन भने यसले ठूलो रुप लिन सक्छ, म यसको चेतावनी पनि सरकारलाई दिन चाहन्छु’, सांसद केसीले भने ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =