बेलायतवासी नेपालीलाई नेपाल फर्किन प्रधानमन्त्रीको आह्वान

 

जेठ २९, लण्डन । प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायतमा रहेका नेपालीहरुलाई नेपाल फर्कन आह्वान गरेका छन् । 

बेलायत भ्रमणमा रहेका प्रम ओलीले बुधबारलण्डनस्थित नेपाली राजदूताबासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै त्यहाँ अवस्थित सबै नेपालीहरुलाई नेपाल फर्कन आग्रह गरेका हुन् । 

null

कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘नेपालीहरु आफू बसेको ठाउँ र देशको परम्पराको सम्मान गर्छन् । जहाँ बसे पनि नेपाललाई माया गर्नुहोस् । त्यहाँ कमाएको सीप, ज्ञान तथा सम्पत्ति लिएर नेपालै फर्किनुहोस् ।’ 

प्रम ओलीले आफ्नो बेलायत भ्रमण सफल भएको दाबी गर्दै त्यहाँ अवस्थित गोर्खा सैनिकको प्रशंसा पनि गरे । उनले गोर्खा सैनिकको बहादुरीको प्रसंग निकाल्दै गोर्खा सैनिकको बहादुरीका कारण बन्दुक देख्दा नतर्सिनेहरु खुकुरी देख्दा तर्सिने गरेको पनि स्मरण गराए । 

प्रधानमन्त्री ओलीको सम्मान र स्वागतका लागि बेलायतका विभिन्न शहरहरुबाट सयौं नेपालीहरु लण्डनस्थित नेपाली राजदूताबासमा उपस्थित भएका थिए । 

त्यहाँको कार्यक्रम सकेर प्रधानमन्त्री ओली फ्रान्स प्रस्थान गरिसकेका छन् । आजदेखि जेठ ३१ गतेसम्म प्रधानमन्त्री ओली फ्रान्स भ्रमणमा रहने छन् । 

भ्रमणका क्रममा उनले पेरिसमा आफ्ना समकक्षी इदोवार्ड फिलिपसँग भेटवार्ता गर्ने कार्यक्रम छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =