सुदूरपश्चिममा प्रतिपक्षीले जलाए सरकारको रेड बुक

 

असार, ५, कैलाली । प्रमुख प्रतिपक्षी दलका सांसदहरुले सुदूरपश्चिम प्रदेश सरकारको रेडबुक जलाएका छन् । 

सुदूरपश्चिम सरकारले ल्याएको बजेट र रेड बुक प्रदेश जनताको हितमा नभएको भन्दै संसद अवरुद्ध पारेका प्रतिपक्षी दल कांग्रेस र राजपाका सांसदहरुले बिहीबार रेड बुक जलाएका हुन् । उनीहरुलाई बुधबार रेड बुक दिइएको थियो । 

null

प्रतिपक्षी दलका सांसदहरूले प्रदेश सभा भवनको गेटमा आएर सरकारको रेड बुक जलाएका हुन्। 

सुदूरपश्चिम प्रदेश सरकारले बजेट सच्याउनुपर्ने उनीहरुको माग छ । 

गैरजिम्मेवार सरकारले गैरजिम्मेवार बजेट ल्याएको हुनाले आफूहरूले रेड बुक जलाएको उनीहरुको भनाइ छ । 

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले भने बजेट सन्तुलित रहेको भन्दै यसलाई सच्याउन नसकिने पनि बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *