‘मन्त्रीहरु हेरफेर हुन सक्छन्, प्रधानमन्त्रीसँग छलफल भइसक्यो’

 

काठमाडौं, ५ असार । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बजेट पारित भएपछि केही मन्त्रीहरु हेरफेर हुन सक्ने बताएका छन् । कास्कीमा भएको पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन् । 

मन्त्री हेरफेर हुन सक्ने बारेमा पत्रकारले राखेको जिज्ञासमा प्रचण्डले भने, ‘बजेटपछि सरकार पुनर्गठन गर्नुपर्छ भन्ने कोणबाट प्रधानमन्त्री र मेरोबीचमा कुराकानी भएको छ । तर अहिले नै कुनै निर्णय भएको छैन । प्रधानमन्त्रीले चाहेको बेलामा जतिबेला पनि पुनर्गठन हुन सक्छ ।’ 

null

विप्लवप्रति उनले राज्यले गर्ने काम जारी राख्ने बताए । उनले उल्टो बाटोबाट कहिँ नपुगिने बताउँदै वार्तामा आउन आग्रह गरे । ‘काठमाडौंमा बडो दुखद घटना भयो, चारवटा बम विस्फोट गराएर केही हुने पनि थिएन,’ उनले भने, ‘त्यो कन्फिडेन्ट छैन भन्ने प्रमाण पनि हो । राजनीतिक प्रक्रियामा आउनु नै राम्रो हो ।’ 

उनले सरकार र पार्टीका बारेमा आलोपालोको विषयमा आफुले राखेका भन्दा फरक धारणा सार्वजनिक भएको भन्दै आपत्ति समेत जनाएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *