प्रचण्डको समर्थनमा नेकपा सांसदः भने– ‘नेतृत्व आलोपालो हुनुपर्छ’

 

असार ६, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद कृष्णभक्त पोखरेलले पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको सहमति कार्यान्वयन हुनुपर्नेमा बताएका छन् । 

शुक्रबार रिपोर्टर्स् क्लब नेपालमा आयोजित पत्रकार सम्मलेनमा सांसद पोखरेलले यदि आलोपालो सरकार सञ्चालनबारे सहमति भएको हो भने त्यसको पूर्ण कार्यान्वयन हुनुपर्ने बताएका हुन् । 

null

उनले भने, ‘यदि सहमति भएको हो भने सरकारको नेतृत्व गर्ने कुरामा आलोपालो हुनुपर्छ । भएको सहमति कार्यान्वयन हुनुपर्छ । उहाँहरुबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमतिको कुरा हाम्रो तहसम्म आईपुगेको छैन । यदि साँच्चिकै हो भने सहमतिको कार्यान्वयन हुनुपर्छ ।’ 

उनले अब प्रचण्ड प्रधानमन्त्री बन्न सक्ने सम्भावना रहेको सुनाउँदै उनले वर्तमान सरकार पूर्ण रुपमा सफल भएको दाबी गरे । 

सरकार बनाउँदै गर्दा आफूहरुको काँधमा धेरै जिम्मेवारी रहेको सुनाउँदै उनले ती सबै जिम्मेवारीहरु बहन गर्दै यहाँसम्म आइपुगेको बताए । उनले भने, ‘सरकारले पहिलो वर्ष आधार वर्ष बनायो । अब समृद्धिको यात्रा तय भैसकेको छ । सरकारले समृद्धि हाँसिल गर्छ । यो समृद्धिको यात्रामा हामी सबैसँग हातेमालो गर्दै अघि बढ्न चाहन्छौँ ।’ 

सांसद पोखरेलले सरकारले विभिन्न विद्येयकहरु आवश्यक भएकोले अघि बढाएको जानकारी गराउँदै गुठी विद्येयक पनि परिस्कृत गर्दै अघि बढाउने विश्वास दिलाए । 

प्रमुख विपक्षी दलले कुनै एजेण्डा वा मुद्दा नै चयन गर्न नसकेको पनि उनको आरोप थियो । कांग्रेसले संसदमा प्रधानमन्त्रीभन्दा पहिला बोल्न पाउनुपर्छ भनेर संसद अवरोध गरेको घट्नालाई उनले खेदजनक भएको टिप्पणी पनि गरे ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *