‘प्रधानमन्त्री ओली भजन मण्डलेको घेरामा सिमित भए’

 

असार ६, काठमाडौं । राष्ट्रिय जनता पार्टी, नेपालका अध्यक्ष मण्डलका सदस्य एवम् सांसद राजकिशोर यादवले मुलुक सही ठाउँमा नपुग्ने दाबी गरेका छन् । 

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता यादवले सरकारको काम कारबाही र पछिल्लो समय घटेका एक दुई घट्ना हेर्दा मुलुक सही ठाउँमा नपुग्ने दाबी गरेका हुन् । उनले भने, ‘पछिल्लो समय सरकारप्रति जनताको विश्वास घट्दै गएको छ । अविश्वास र निराशा बढ्दै गएको देखिन्छ ।’ 

null

यादवले जनतामा सरकारप्रति अविश्वासको खाडल बढ्दै गएको र यही मौका छोपेर अन्तर्राष्ट्रिय शक्तिहरुले नेपालमा नराम्रोसँग खेल्न थालेको पनि टिप्पणी गरे । उनले भने, ‘अहिले त जसलाई जे मन लाग्यो, त्यही बोल्ने चलन छ । सरकार सफल भन्दै हिँडेको छ । र केही हारको कुण्ठा बोकेर हिँडेका छन् ।’ 

पछिल्लो समय राजनीतिक दल र यसका जिम्मेवार नेताहरु कुनै न कुनै बहाना बनाएर आफ्नो जिम्मेवारीबाट भाग्न खोजेको पनि उनले आरोप लगाए । उनले ईण्डो–प्यासिफिक स्ट्राटेजीमा नेपालको स्टाटस के हो ? भन्दै सरकारसँग प्रश्न तेर्साए । उनले भने, ‘परराष्ट्रमन्त्रीले यसबारेमा शब्द खेलाएर जवाफ दिनुभएको छ । मैँले यो कुरा संसदमा पनि उठाएको छु । यो गम्भिर विषय हो । त्यसैले गैरजिम्मेवारी अभिव्यक्ति दिएर उम्किन मिल्दैन ।’ 

वर्तमान प्रधानमन्त्री ओली भजन मण्डले र केही सिमित व्यक्तिहरुको घेरामा बाँधिएको उनले टिप्पणी गरे । 

उनले भने, ‘माइतीघरमा गुठी विधेयकको विरुद्धमा भएको प्रदर्शन मतादेशमाथि जनादेशको विजयी हो । सरकारले महत्वपूर्ण विषयमा र प्रत्यक्ष जनतासँग जोडिएको विषयमा सबैसँग छलफल गर्नुपर्छ । साझा दृष्टिकोण बनाउनुपर्छ ।’ 

दुई तिहाई बोकेको सरकार र नेकपा अहिले गुट–उपगुटमा भासिएको पनि यादवको आरोप छ । उनले भने,  ‘यो सरकार र यसको नेतृत्वप्रति जनतामा ठूलो निराशा छ ।’ 

नेताहरुले ठूलो त्याग, संघर्ष र बलिदानी दिएर अहिलेको उपलब्धि हाँसिल भएको भएपनि नेतृत्वको चरित्रमा परिवर्तन नभएको पनि उनले टिप्पणी गरे । 

नेपालमा बाहृय हस्तक्षेप भए मुलुकको हित र पक्षमा प्रयोग गर्न सक्नुपर्ने उनको धारणा छ । सदनभित्र र सदन बाहिर रहेका शक्तिहरुलाई सरकारले विश्वासमा लिएर अघि बढ्न सकेमात्रै मुलुक र जनताको हितमा हुने उनको सुझाव छ । 

यादवले लोकसेवा आयोगको विज्ञापन संविधानको खिलाफमा रहेको पनि आरोप लगाए । उनले भने, ‘गुठी विधेयक फिर्ता लिएर सच्याउन खोजिएझैँ लोकसेवा आयोगको विज्ञापनपनि सच्याउनुपर्छ ।’  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *