मन्त्री लामाले भने– खैरहनीवासी खुशी हुने बजेट आउँछ

  

असार ७, चितवन । प्रदेश ३ सरकारका भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले समान हिसाबले बजेट वितरण हुने बताएका छन् । 

चितवनको खैरहनी १० कठारमा शनिबार यहाँका सरोकारवालाहरुसँंगको छलफलमा मन्त्री लामाले आगामी आर्थिक वर्षमा खैरहनीवासी खुशी हुने गरी बजेट आउने बताएका हुन् । 

null

चालु आर्थिक वर्षमा राप्ती नगरपालिकामा मन्त्री लामाले अत्याधिक बजेट पारेको भन्दै उनको आलोचना हुँदै आएको छ । 

राप्ती नगरपालिकामा मन्त्री लामाको घर छ । प्रदेश सांसद हुँदा मन्त्री लामाले खैरहनीको आधा क्षेत्रबाट मत खाएका थिए । ‘बजेट जति आफ्नै नगरमा पार्यो भन्ने गुनासो आएका छन् मन्त्री लामाले भने, ‘विधि र प्रक्रिया अनुसार निवेदन आएका ठाँउमा योजना परेका छन्, यसमा मेरो कुनै स्वार्थ छैन् ।’ 

प्रदेशको कार्यक्रममा प्रकासित हुने सुचनामा अन्य नगरपालिकाको तुलनामा राप्तीबाट अत्याधिक निवदेन आएको मन्त्री लामाले बताए । खैरहनीको आवश्यकता अनुसार योजना माग गरे त्यसमा कुनै कन्जुस्यार्इं नगर्ने उनको भनाइ थियो । 

मन्त्री लामाले कृषि, पशुपालनको क्षेत्रलाई विषेश प्राथमिकता दिईएको बताए । आगामी आर्थिक वर्षमा धान, तरकारी, माछाको पकेट क्षेत्र बनाएर किसानलाई राहत महशुस हुने गरी अनुदान दिईने उनले बताए । 

मन्त्री लामाका अनुसार आगामी आर्थिक वर्षमा उत्पादनका आधारमा अनुदान प्रदान गर्ने कार्यलाई अझ विस्तार गर्न लागिएको छ । यस वर्ष दुधमा प्रतिलिटर ५३ पैसाका दरले अनुदान दिईएकोमा आगामी आर्थिक वर्षमा १ रुपैयाँका दरले अनुदान दिने गरी बजेट विनियोजन गरेको उनले बताए । 

यस वर्ष चितवनमा दुध उत्पादनका आधारमा ९० लाख रुपैयाँ वितरण गरिएको थियो । 

छलफलमा केन्द्रिय दुग्ध उत्पादक सहकारी संघका सदस्य वालकृष्ण उप्रेतीले दुधको विविधिकरणका लागि डेरी उद्योग स्थापनाका लागि अनुदान दिन मन्त्री लामा समक्ष माग गरे । 

खैरहनी १० का वडाध्यक्ष कारीराम चौधरीले कठार कृषि उत्पादनको पकेट क्षेत्र रहेकाले यहाँ लगाइने धान, तरकारी लगायत खाद्यबालीको बीमा गर्ने निति ल्याउनु पर्नेमा जोड दिए । 

कठार पर्यटन क्षेत्र विकास समिति अध्यक्ष लिला बहादुर गुरुङले प्रदेश र केन्द्र सरकारको ध्यान सौराहातिर मात्रै केन्द्रित भएकाले खैरहनी र राप्तीको पर्यटन विकासमा ध्यान दिन आग्रह गरे । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *