काठमाडौंसहित ११ जिल्लाका शैक्षिक संस्था बन्द

असार ६, काठमाडौं । शुक्रबार (आज) काठमाडौं उपत्यकासहित ११ जिल्लाका शैक्षिक संस्था बन्द भएका छन् । 

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) क्रान्तिकारीले आह्वान गरेको शैक्षिक हड्तालका कारण उपत्यकाका तीन जिल्लासहित ११ जिल्लाका शैक्षिक संस्था बन्द भएका हुन् । 

विप्लव समूहको विद्यार्थी संगठनले आफ्ना नेताहरुलाई कारवाही तथा पक्राउ गरेका काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, बारा, पर्सा, कास्की, बाँके, कैलाली, जाजरकोट र मुगु जिल्लाका शैक्षिक संस्थाहरु बन्द गराएको हो । 

null

११ जिल्लाका ११ जिल्लाका सबैजसो निजी विद्यालय र क्याम्पस बन्द भएका छन्। विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । 

आफ्ना कार्यकर्ता तुरुन्त रिहाइ गर्नुपर्ने उनीहरुको माग छ । 

आजसम्म पनि मागको कुनै सुनुवाई नभएमा भोलिदेखि दोस्रो चरणका संघर्षका कार्यक्रमहरु घोषणा गर्ने विप्लव समूहको विद्यार्थी संगठनको चेतावनी छ । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *