नेकपा सचिवालय बैठकः मुख्य एजेन्डाले प्रवेशै पाएन

 

असार ७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदनबारे जानकारी गराएका छन् । 

आज (शनिबार) दिउँसो प्रधानमन्त्री निवास बालुवाटरमा बसेको बैठकमा प्रम ओली र अध्यक्ष प्रचण्डले प्रतिवेदनबारे सदस्यहरुलाई जानकारी गराएका हुन् । यस्तै प्रम ओलीले युरोप भ्रमणबारे पनि जानकारी गराएको बताइएको छ । 

null

आजको बैठकमा राजनीतिक दस्तावेज, जिल्ला इन्चार्ज र सहइन्चार्ज तोक्ने विषयमा छलफल गर्ने भनिएको थिइयो । तर उक्त एजेन्डामा प्रवेश हुन नपाउँदै बैठक स्थगित भएको जानकारी दिइएको छ । 

यसअघि पनि सोही विषयमा सहमति हुन नसक्दा जेठ २१,२२ र २३ गते बसेको सचिवालय बैठक पनि विना निष्कर्ष टुंगिएको थियो । 

माधव नेपाल पक्षका नेताहरुले दोहोरो जिम्मेवारी नदिने र प्रधानमन्त्री ओली पक्षका नेताहरुले दोहोरो जिम्मेवारी दिने अडान कायमै राख्दा ठोस निष्कर्ष निस्कन नसकेपछि प्रधानमन्त्री यूरोप भ्रमण गएका थिए। 

उनी भ्रमणबाट फर्किएपछि आज जिल्ला इन्चार्ज र सह–इन्चार्ज तोक्न सचिवालय बैठक डाकिएको थियो। तर आजको बेठक पनि विना निष्कर्ष स्थगित भयो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *