कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असार २२ मा, यी विषयमा हुनेछ छलफल

 

                                                                                    फाइल तस्विर 

असार ६, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले असार २२ गते केन्द्रिय कार्यसमितिको बैठक बोलाएको छ । 

null

पार्टी केन्द्रिय कार्यालयका महासचिव कृष्ण प्रसाद पौडेलले केन्द्रिय समितिको बैठक असार २२ गते बिहान ११ बजे बस्ने जानकारी दिए । 

महासचिव पौडेलका अनुसार बैठकमा नियमावली संशोधन मस्यौदा समितिद्वारा प्रस्तुत ‘नेपाली कांग्रेसको नियमावली, २०७६’, कांग्रेसका भातृ एवं शुभेच्छुक संस्थाको विधान तथा समसामयिक विषयमा छलफल हुनेछ । 

बैठकमा राष्ट्रिय जागरण अभियानको पहिलो चरणको कार्यक्रमको समेत समिक्षा गरिने उनले बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *