‘लोकसेवाको विज्ञापन बन्द गराएर आफ्ना कार्यकर्ता भर्ती गर्न खोजियो’

 

जेठ २९, काठमाडौं । नेपाल विद्यार्थी संघका पूर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले सरकारले समावेशीकरणका समुदाय र गैर समावेशीकरणका समुदायबीच द्वन्द गराएर करारमा कर्मचारी भर्ना गर्न खोजेको आरोप लगाएका छन् । 

बुधबार राजधानीको माइतीघर मण्डलामा लोकसेवा आयोग तयारी विद्यार्थीहरुको संघर्ष समितिले गरेको आन्दोलनमा एक्यबद्धता जनाउँदै पूर्व उपाध्यक्ष शाहले सरकारले देशमा द्वन्द चाहेको भन्दै त्यो कदमलाई कांग्रेसले नमान्ने र त्यसका विरुद्ध आन्दोलन गर्ने बताए । 

null

उनले लोकसेवाको विज्ञापनलाई रद्द नगरेर अहिले खोलिएको विज्ञापनलाई समावेशीकरण युक्त बनाई परिक्षा प्रक्रियामा लैजान माग पनि गरे । पुर्व उपाध्यक्ष शाहले अहिलेको सरकारले यो विज्ञापनलाई रद्द गरेर करारमा आफ्ना कार्यकर्तालाई भर्ती गर्न खोजेको पनि जिकिर गरे । 

करारको बाटोमा सरकार गए सरकारलाई नेपाली जनता सामु घुडा टेक्न बाध्य बनाउने उनको चेतावनी छ । शाहले समावेशीको जन्मदाता कांग्रेस भएको र त्यसको सुरुवात वीपी कोइरालाको मन्त्रीमण्डलबाट भएको पनि उल्लेख गरे । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 11 =