सरकारका मन्त्रीहरुले नै नियम उल्लंघन गरेः सांसद यादव

 

असार ५, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद राजकिशोर यादवले सरकारका मन्त्रीहरु नै नियम उल्लंघन गर्नतर्फ लागेको आरोप लगाएका छन् । 

बिहीबारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद यादवले यस्तो आरोप लगाएका हुन् । 

null

उनले संविधानअनुसार सपथ खाएका सरकारका मन्त्रीले नै संविधानलाई उल्लंघन गरेर वक्तव्यवाजी गर्दा पनि सदनले कारवाही गर्न नसकेको भन्दै संसदीय गरिमा र मर्यादाप्रति जिम्मेवार हुन सभामुखको ध्यानाकर्षण गराए । 

उनले भने, ‘सदनमा सत्तापक्षकै जिम्मेवार नेताबाट अन्तर्राष्ट्रिय कारणले गर्दा यो मुलुकको भुगोल बदलिन सक्छ भन्ने प्रश्न उठ्छ र त्यसमा यो सदन गम्भीर भएर चर्चा गर्दैन । प्रधानमन्त्रीसँग प्रश्न सोध्दा प्रधानमन्त्रीले मुर्ति चोरहरुको काम भनेर पन्छिन खोज्दा यो सदनमा बहस हुँदैन ।’ 

बुधबार माइतीघर मण्डलाको जनसभाले मतादेशमाथि जनादेशको विजयी भएको देखाएकाले नागरिकले दिएको संकेतलाई समयमै बुझ्न आग्रह गरे । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *