प्रधानमन्त्रीलाई झुटप्रसाद, हावादारी भनेपछि संसदमा चर्काचर्की

 

असार ८, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘हावादारी’, संसदमा ओलीलाई झुटप्रसाद, करप्रसाद र र हावादारी भनेपछि संसदमा प्रतिपक्ष र सत्तापक्षबीच चर्काचकी भएको छ । 

संसदको शुन्य समयमा कांग्रेस सांसद उमाकान्त चौधरीले सरकार असफल भएको आरोप लगाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले हावादारी कुरा गर्दै हिँडेको आरोप लगाएका थिए । 

null

‘सरकार हरेक काममा असफल भइरहेको छ । काण्डैकाण्डमा फसेको छ । जथाभावी कर बढाएर उहाँ करप्रसाद ओली बन्नु भएको छ,’ संसदमा उनले प्रधानमन्त्रीको नाम झुटप्रसाद ओली राख्दा फरक नपर्ने दाबी गर्दै भने, ‘उहाँले झुटको खेती गरेकोले उहाँको नाम झुटप्रसाद ओली उपनाम राख्दा केही फरक पर्दैन । सरकारका मन्त्रीहरु पनि हावादारी गफ गर्दै हिँडेका छन्।’ 

उनको धारणामाथि टिप्पणी गर्दै नेकपा सांसद झपटबहादुर रावलले सभापति शेरबहादुर देउवालाई छेरबहादुरको संज्ञा दिए । 

प्रधानमन्त्री ओलीको नाम बिगारेकोमा आपत्ति जनाउँदै उनले भने, ‘हामीले यस्तो बोल्दा जनताले के सिक्ने? सम्माननीय प्रधानमन्त्रीको नाम बङ्ग्याएर करप्रसाद झुटप्रसाद राख्नुभयो । प्रतिपक्षी दलको नेताको जो आदरणीय हुनुहुन्छ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सट्टा हामीले छेरबहादुर भन्न बाध्य भए के हुन्छ ?’ 

रावलले उक्त भनाई असभ्य भएको भन्दै रेकर्डबाट हटाउनसमेत माग गरे । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *