लोकसेवाको विज्ञापन रद्द गर्ने निर्णयबारे विवेकशीलको धारणा सार्वजनिक

जेठ २८, काठमाडौं । साझा विवेकशील पार्टीले संसदीय समितिले स्वायत्त संवैधानिक आयोगको काममा प्रत्यक्ष हस्तक्षेप गरी विज्ञापन नै रद्द गर्ने निर्देशन दिनु गैरजिम्मेवार कार्य भएको बताएको छ ।
मंगलबार एक विज्ञप्तिमार्फत् लोकसेवा विज्ञापनबारे आफ्नो धारणा सार्वजनिक गर्दै साझा विवेकशीलले संसदीय समितिले रद्द गर्ने निर्देशन दिनु गैरजिम्मेवार कार्य भएको बताएको हो ।
null
‘लोकसेवाको विज्ञापनमा संविधानमा उल्लेखित समावेशीताको सिद्धान्त पालन भए नभएको बारेमा लोकसेवा आयोगको ध्यानाकर्षण गर्न र आवस्यक देखिएमा विज्ञापनको शर्त परिमार्जनको सुझाव दिन सकिन्छ। तर संसदीय समितिले स्वायत्त संवैधानिक आयोगको काममा प्रत्यक्ष हस्तक्षेप गरी विज्ञापन नै रद्द गर्ने निर्देशन दिनु अत्यन्त गैरजिम्मेवार कार्य हो’, विवेकशीलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
लाखौंको संख्याका शिक्षित र सक्षम युवा बेरोजगार हुनु परिरहेको तथा कर्मचारी अभाव भइरहेका बेला स्थानिय सरकारका नियमित काममा व्यवधान पुगेको पनि विवेकशीलले स्मरण गराएको छ ।
राजनीति भागबण्डाले राज्यका विभिन्न अङ्गहरू नै जर्जर भइरहेको अवस्थामा फेरी राजनीतिक भागबन्डाकै उद्देश्य राखेर लोकसेवाको विज्ञापन रद्द गर्न नहुने पार्टीको धारणा रहेको प्रवक्ता डा. सूर्यराज आचार्यले जानकारी दिए ।








