गौतमबुद्ध रंगशाला राष्ट्रिय गौरव हो, अवरोध नगरौँ– मन्त्री विश्वकर्मा

 

जेठ २४, चितवन । युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले भरतपुर १५ रामपुरमा निर्माणाधिन गौतमबुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला नेपालकै गौरव रहेकाले सबैले अपनत्व लिनुपर्ने बताएका छन् । 

रंगशालाको शुक्रबार निरीक्षण गर्दै मन्त्री विश्वकर्माले रंगशाला निर्माणका क्रममा सरकारको साथ, सहयोग र लगानी समेत रहने प्रतिबद्धता जनाए । 

null

सरकारको मात्रै एकल प्रयासबाट ठूला संरचना बनाउन सम्भव नभएको उल्लेख गर्दै मन्त्री विश्वकर्माले जनता, सरकार र गैरसरकारी संघसंस्थाहरुको सहकार्यबाट राष्ट्रिय गौरवको आयोजना बनाउन सकिने धारणा राखे । 

गत जेठ १५ गते विहानै रंगशालाको पश्चिम बारमा केही स्थानीयले डोजर लगाएपछि रंगशाला निर्माण कार्य प्रभावित बनेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *