एकनाथ ढकालले प्रधानमन्त्रीसँग भने, ‘मलाई सांसद बनाइदिनुस्’

 

असार २, काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफूलाई राष्ट्रिय सभा सदस्य बनाउन माग गरेका छन् । 

आइताबार बालुवाटार पुगेर अध्यक्ष ढकालले प्रधानमन्त्रीसँग सो माग अघि सारेका हुन् । 

null

प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन अगाडी प्रधानमन्त्री ओलीले परिवार दलका अध्यक्ष ढकालसँग तीन बुँदे सहमति गरेका थिए । सोही सहमति कार्यान्वयन गर्न ढकालले प्रम ओलीको ध्यानाकर्षण गराएका हुन् । 

सहमतिमा परिवार दलको संघीय संसदमा प्रतिनिधित्व सुनिश्चित गरिने उल्लेख रहेको परिवार दलले जनाएको छ । तर निर्वाचनको परिणामले दलहरुका तर्फबाट महिलाहरुको प्रतिनिधित्व सुनिश्चित गराउनुपर्ने बाध्यता आएपछि उनी सांसद हुन पाएका थिएनन्। 

यस विषयमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि ध्यानाकर्षण गराउने कार्यक्रम रहेको छ । 

अहिले ढकालले परिवार दलकै ब्यानरमा देशव्यापी जनगारण अभियान चलाउँदै आएका छन्। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *