सरकारसँग बदला लिने विप्लवको चेतावनी

 

असार ६, काठमाडौं । प्रहरीको कारवाहीमा आफ्ना कार्यकर्ता मारिएपछि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बदला लिने चेतावनी दिएको छ । 

बिहीबार सर्लाहीको लाबन्दीमा विप्लव समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल प्रहरी कारबाहीमा मारिएका थिए । दुईवटा मोटरसाइकलमा आएका विप्लवका चार नेताले प्रहरीमाथी गोली प्रहार गरेपछी प्रहरीले आफ्नो सुरक्षाका लागि गोली चलाउँदा उनको मृत्यु भएको थियो । 

null

विप्लवले भने प्रहरीको भनाइको खण्डन गरेको छ । सर्लाहीको लखन्ती खोलामा साथीहरु कुरिरहेको अवस्थामा नियन्त्रणमा लिएर चिनिसकेपछि एक गोली हातमा र अर्को गोली टाउकोमा प्रहार गरेको विप्लव समूहको दाबी छ । 

नेता पौडेलप्रति श्रद्धाञ्जली व्यक्त गर्दै विप्लवले हत्याको बदला जनक्रान्तिकै माध्यमबाट लिने चेतावनी दिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *