नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप, ४ जना घाइते

असार १०, कञ्चनपुर । कञ्चनपुरमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा ४ जना घाइते भएका छन् । 

कञ्चनपुरको दक्षिणी क्षेत्र डोकेबजारमा दुई दलका कार्यकर्ताबीच झडप हुँदा नेपाली कांग्रेस क्षेत्र नम्बर १ का सभापती गोपी प्रसाद उपाध्याय, तरुण दलका नेता राम खड्का, नेपाली कांग्रेसकै कार्यकर्ता विक्रम चन्द सहित ४ जना घाइते भएका हुन् । 

गम्भीर घाइते भएका चन्दको उपचार सेती अञ्चल अस्पतालमा भइरहेको जानकारी दिइएको छ । 

null

खानेपानी मन्त्री बिना मगरलाई कालो झण्डा देखाउन खोज्दा कांग्रेस र नेकपाका कार्यकर्ताबीच झडप भएको हो । 

खानेपानी मन्त्री मगरले आफ्नो क्षेत्रका समस्यालाई शसक्त रुपमा उठाउन नसकेको तथा जनताका काममा ध्यान नदिएको भन्दै कांग्रेसले केही समय चक्काजामा गर्नुका साथै कालो झण्डा देखाएको थियो । 

खानेपानी मन्त्री मगर बेलौरी र पुनर्वास नगरपालिकाको नगरसभा उद्धघाटनका लागि जाने क्रममा डोकेबजारमा झडप भएको हो । मन्त्री मगरलाई कालो झण्डा देखाउने कार्यक्रम तय भए पछि झन्डै ३०० सुरक्षा कर्मी परिचालन गरिएको थियो। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *