गुठी विधेयकबारे प्रकाशमानः निजी सम्पत्तिलाई राज्यको नियन्त्रणमा राख्ने प्रयास

 

जेठ २९, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले सरकारले गुठीलाई व्यवस्थित गर्ने नाममा नियन्त्रणमा लिन खाजेको आरोप लगाएका छन् । 

बुधबारको प्रतिनिधि सभाको बैठकमा नेता सिंहले गुठीलाई व्यवस्थित गर्ने नाममा प्राधिकरणको नाम दिएर निजी गुठीलाई नियन्त्रण गर्न खोजेको आरोप लगाएका हुन् । सरकारले ल्याएको गुठी विधेयकले गुठीको मूल मर्ममा प्रहार गरेको उनको भनाइ छ । 

null

उनले भने, ‘संविधानले समेत निजी सम्पत्ति, गुठी, संघ–संस्थालाई जोगाउने ग्यारेन्टी गरेको भए पनि सरकारले आगामी दिनमा निजी सम्पत्तिलाई राज्यको नियन्त्रणमा राख्ने प्रयास गरेको छ । गुठी विधेयक तत्काल फिर्ता लिएर सरोकारवालाहरुसँगको छलफल पछि मात्र ल्याउन माग गर्दछु ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *