‘वर्तमान सरकार इतिहासकै डरपोक, चमत्कार देखाउनै सकेन’

 

असार १५, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले कुनै चमत्कार गरेर देखाउन नसकेको टिप्पणी गरेका छन् । 

रुपन्देही कांग्रेसको पार्टी कार्यालयमा आयोजित लौह पुरुष गणेशमान सिंहको अर्धकदको सालिक अनावरण कार्यक्रममा नेता सिंहले चमत्कार गरेर देखाउने हैसियत भएर पनि असफल हुनु दुःखद् भएको बताए । 

null

उनले भने, ‘बहुमतको सरकार भएपनि वर्तमान सरकार इतिहासकै डरपोक देखियो । आजभोलि प्रधानमन्त्रीका गुनासा र रोदनले काम गर्न नसकेको पनि प्रष्टै देखिन्छ । चमत्कार गरेर देखाउन सक्ने हैसियत भएर पनि यत्तिको असफल हुनु दुःखद् कुरा हो ।’ 

सरकारले मुलुकमा शान्ति–सुरक्षा कायम गराउन नसकेको आरोप लगाए । आफ्नै गतिविधिका कारण सरकार अस्थिर बनेको उनको भनाइ छ । 

नेता सिंहले नेपाली राजनीतिमा त्याग र निष्ठाको सम्मान हुन छाडेको भन्दै गुनासो पोखे । उनले भने, ‘देश र जनताको हित नै सबैभन्दा महत्वपूर्ण कुरा हो । तर अहिले आफू र आफ्ना लागि पद लिन जेसुकै गर्ने प्रचलन हाबी हुन थालेको छ । आज यो नै मुलुकको दुर्दशा भएको छ ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *