विदेशमा सडक बनाउन गएका युवालाई स्वदेशकै सडकमा काम दिउँः सांसद

 

असार ८, काठमाडौं । सांसद आशाकुमारी विकले विदेश गएका युवालाई स्वदेशमै काम दिन आग्रह गरेकी छिन् । 

प्रतिनिधि सभाको आईतबारको बैठकमा सांसद विकले विदेशमा सडक बनाउन गएका युवाहरुलाई स्वदेशकै सडक बनाउने काम र त्यसको उचित दाम दिने व्यवस्था गर्न सरकारसँग आग्रह गरेकी हुन् । 

null

यस्तै उनले सरकारले एक करोडभन्दा कमको योजनामा डोजर चलाउन नपाइने भनेपनि गाउँमा जथाभावी डोजर चलिरहेको भन्दै रोक्न पनि माग गरिन् । 

‘सरकारको निर्णयलाई वास्ता नगरी गाउँमा जथाभावी रुपमा योजना र इन्जिनियरिङ विना नै सडक काट्ने काम भइरहेको छ । यसरी सरकारको नीति मापदण्डको खिल्ली उडाउने काम भएको छ । यसलाई तत्काल रोकियोस्’, उनले भनिन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *