धर्म, संस्कृतिका विषयमा सरकार विचलित भएको छैनः मन्त्री अर्याल

 

असार ६, काठमाडौं । भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्यालले देशको धर्म, संस्कृति, परम्परासँग जोडिएका विषयमा सरकार विचलित नभएको स्पष्ट पारेकी छिन् । 

शुक्रबारको संसद बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री अर्यालले सो कुरा बताएकी हुन् । धर्म संस्कृत र परम्परालाई जोगाउँदै सरकार अघि बढ्ने उनको प्रतिबद्धता छ । 

null

गुठीसम्बन्धी विधेयक फिर्ता लिने प्रक्रिया अघि बढेको जानकारी दिँदै मन्त्री अर्यालले भनिन्, ‘हाम्रो धर्म, संस्कृति परम्परासँग जोडिएका विषयमा सरकार कति पनि विचलित भएको छैन । मान्य सदस्यहरु पनि गुठी पीडित किसानका समस्या लिएर धेरैपटक मन्त्रालय धाउनुभएको छ । धर्म संस्कृत र परम्परालाई जोगाउँदै सरकार अघि बढ्छ ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *