प्रधानमन्त्री ओलीले भेटे फ्रान्सेली समकक्षी

 

जेठ ३१, काठमाडौं । बेलायतबाट फ्रान्स पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र फ्रान्सेली समकक्षीबीच भेटवार्ता भएको छ । 

बिहीबार दिउँसो प्रम ओली र फ्रान्सेली समकक्षी एडवार्ड फिलिपबीच भएको भेटमा द्विपक्षीय हितका विषयमा सौहार्दपूर्ण कुराकानी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन आर्यालले ट्वीटरमा उल्लेख गरेका छन्। 

null

भेटकै क्रममा फ्रान्सेली प्रधानमन्त्रीले नेपालले विश्वका विभिन्न भू–भागमा शान्ति कायम गर्न निर्वाह गरेको भूमिकाको प्रशंसा गरेका थिए । 

वार्तामा प्रधानमन्त्री ओलीले द्विपक्षीय सम्बन्धका बारेमा छलफल गर्दै फ्रान्सेली लगानीकर्ताहरुलाई नेपालमा लगानीका लागि प्रेरित गर्न आग्रह समेत गरेका छन् । 

फ्रान्स भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले यसअघि नै तीन वटाा कार्यक्रममा उपस्थित भइसकेका थिए । 

प्रधानमन्त्री ओलीले बुधबार फ्रान्सेली राष्ट्रिय उद्योग वाणिज्य महासंघले आफ्नो मुख्यालयमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गरेका थिए। 

प्रधानमन्त्री ओलीले फ्रान्सका केही कम्पनीका प्रतिनिधिसँग पनि छुट्टै भेट गरेको पेरिसस्थित नेपाली दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

प्रधानमन्त्री ओली जेठ ३१ सम्म त्यहाँ रहनेछन् । नौ दिनको भ्रमण सकेर प्रम ओली असार १ गते स्वदेश फर्किने कार्यक्रम छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *