धनि बन्न अपनाउनुहाेस् यी सुत्रहरू

 

जेठ ३०। बिजनेश र रियलटाईम फाइनान्सीयल मार्केटबारे जानकारी दिने बिजनेश स्टाटिजीस्ट ब्लगर डैन वाल्डस्चिमिदले सफलताको सुत्रहरु पत्ता लगाएका छन् । यस्ता छन् सुत्रहरु 

१. हरेक व्यवसायिक जानकारीसँग अपडेट रहनुहोस् । नयाँ बिचार, आइडिया र लक्ष्यमा सधै फोकस गर्नुहोस् । साथै तपाईको प्राथमिकता कुन कुरामा हो त्यसमा ध्यान दिनुहोस् । 

null

२. कुनैपनि कार्यक्रम याद गर्न आइटिको भरपुर प्रयोग गर्नुहोस् । आफुलाई नबिनतम प्रबिधीसँग जोड्नुहोस्, जसलेगर्दा तपाईका कुनैपनि मुख्य कार्यक्रमहरु नछुटुन् । 

३. लक्ष्यको लिस्ट धेरै नराख्नुस् । धेरै वटा लक्ष्य बनाउँदा कुनैपनि सफल नहुन सक्छ । 

४. आफ्नो आवस्यकताका बस्तु वा जनशक्ती भाडामा लिनुहोस् । एकै पटक धेरै मानिस वा सामान राख्नाले त्यसको उचित प्रयोग नहुन सक्छ ।, 

५. टेलिभिजन कम हेर्नुहोस् । टेलिभिजन हेर्ने बानीले मानिसलाई अल्छी बनाउँछ र टिभिमा तपाईको लत लाग्न सक्छ । 

६. आफ्नो लक्ष्य सदैब प्रष्ट राख्नुहोस् । आफु के गर्दैछु, लक्ष्यबाट कति टाढा वा नजिक छु सदैब ख्यालगर्नु होस् ।, 

७. आवश्यकता अनुसार निन्द्रा पुरा गर्नुहोस् । यदि निन्द्रा पुगेन भने तपाइको काममा ध्यान नपुग्न सक्छ । 

८. दोस्रो व्यक्तीको बारेमा आवस्यकता भन्दा बढी ध्यान नदिनुहोस् । आफ्नो लक्ष्यमा फोकस हुनुहोस् ।  

९. कुनै गल्ति भए माफि माग्न नबिर्सनुहोस् जसले तपाईसँग कामगर्नेहरुले सहज महशुस गर्छन् । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *