कुराकानी

जाडोमा कसरी स्वस्थ रहने ?

काठमाडौँ । जाडो मौसममा स्वास्थ्यमा विभिन्न समस्याहरू आइपर्ने हुँदा स्वास्थ्यको विशेष ख्याल राख्न आवश्यक छ । यो बेला रुघाखोकी, ज्वरो, निमोनिया, दम, हातखुट्टा दुख्ने, स्किन एलर्जी जस्ता विविध समस्याहरूले सताउने गर्दछ । त्यसैले शरीरलाई न्यानो राख्नका लागि शरीर ढाक्ने न्यानो लुगा र खानपानमा विशेष ध्यान दिनुपर्छ ।

जाडो मौसममा देखिने विभिन्न स्वास्थ्य समस्याहरू र त्यसका निराकरणका उपायहरूका बारेमा चिरायु हस्पिटलका कन्सुलेन्ट जेनेरल फिजयोसियन डा.सञ्जयकुमार शाहसँग मकालुखबरकर्मी विष्णुमाया श्रेष्ठले गरेको कुराकानीको सम्पादित अंश …

जाडो मौसममा कस्ता कस्ता स्वास्थ्य समस्याहरू देखापर्छन् ? तिनको उपचार कसरी गर्ने ?
अहिलेको समयमा जाडो मौसममा देखिने समस्या भनेका रुघाखोकी पहिलो नम्बरमा पर्दछन् । रुघाखोकीमा पनि साधारण रुघाखोकी बिग्रियो भने निमोनिया हुने गर्दछ । त्यसैगरि दमका बिरामीहरू पनि चिसोको कारणले बढी ग्रसित देखिन्छन् । बालबच्चाहरूलाई रुघाखोकी लाग्ने ज्वरो आउने जस्ता समस्याहरू बढी देखिने गर्दछन् ।

यसबाट बच्नका लागि साधारण रुघाखोकी छ भने घरबाट नै उपचार गर्न सकिन्छ । जस्तै तातो पानी खाने, न्यानो रहने । तुलसीको पानी बनाएर खाने । मह, अदुवा, जरा भएका खानेकुराहरू जस्तै अहिले माघे सङ्क्रान्तिमा खाइने खानेकुराहरू तरुल, पिँडालु , सख्खरहरू जस्ता जराभएका खानेकुराहरूले पनि शरीरमा तातो बनाएर राख्ने गर्दछ । त्यसैगरी हरिया सागपातहरू खाने गर्दा राम्रो हुन्छ । अलिबढी समस्या देखिएमा डाक्टरलाई देखाएर त्यही अनुसार उपचार गर्दा राम्रो हुन्छ ।

जाडो मौसममा कस्ता मानिसहरूमा स्वास्थ्य जोखिम बढी हुन्छ ? यसबाट बच्नको लागि के–के गर्नु पर्दछ ?
सामान्यतया प्रतिरक्षा क्षमता कम भएका व्यक्तिहरू जस्तै बालबच्चाहरू, दीर्घ रोगीहरू जस्तै सुगर, थाइराइड, प्रेसर, दम, मुटु रोगीहरू जस्ताको प्रतिरक्षा क्षमता कम भएका व्यक्तिहरूलाई रोगले छिटो सङ्क्रमण गर्ने गर्दछ । जाडो मौसममा सबैभन्दा छिटो रुघाखोकीको सङ्क्रमण हुने गर्दछ ।

हामीलाई कोभिडले पनि सिकाएको थियो । मास्क लगाउने, चिसोमा नहिँड्ने, रोग अनुसारको भ्याक्सिन लगाउने, खानेकुराहरूमा ध्यान दिने जस्तो पोसिलो खानेकुराहरू ड्राईफुडहरु, सिजनल अनुसारका जराभएका खानेकुराहरू खाने सरसफाइ हुने आदि ।

यदि फोहोर भएमा शरीरबाट आएका पसिनाका प्वालहरू टाँसिने गर्दछ यसले गर्दा इन्फेक्सन हुने गर्दछ । पानीहरू प्रशस्त खाने, सिजन अनुसार फलफूलहरू खाने, रेसादार खानेकुराहरू खानुपर्दछ । बच्चाहरूको लागि सबैभन्दा राम्रो त भ्याक्सिन लगाउने यो नेपाल सरकारले चलाई रहेको हुन्छ । यदि भ्याक्सिन तुरुन्तै चाहिएको छैन भने घरमा नै हेरचाह गर्नु पर्दछ ।

बच्चाहरूको खानपान उनीहरूले लगाउने लुगाहरूमा बढी ध्यान दिनु पर्दछ । दीर्घकालीन रोगीहरूको लागि समय समयमा भ्याक्सिन लगाउनै पर्दछ । रोगहरू सुगर, प्रेसरहरू जस्ता रोगहरू कन्ट्रोलमा हुनु आवश्यक हुन्छ ।

व्यापार व्यवसाय गर्ने व्यक्तिहरू बिहानै हिँड्ने गर्दछन् । मर्निङ वाक्क जाने गर्दछन् यो मौसममा नगर्दा राम्रो हुन्छ । यो मौसममा शरीरमा चिसो हावा पस्ने भएकोले शरीरमा न्यानो लुगा लगाउने, चिसो हावामा बाहिर ननिस्कने । सफा र न्यानो लुगाहरू लगाउनु पर्दछ ।

जडो मौसममा छाला सुख्खा र फुस्रो किन हुन्छ ?
जडो मौसममा हामीले पानी कम पिउँछौँ । यसले गर्दा छाला सुख्खा हुने गर्दछ । हावामा पानीको मात्रा हुने भएकाले यो हाम्रो छालामा परेपछि पानीको मात्रा सोस्दिने गर्दछ । र हाम्रो शरीरमा भएको पानीको मात्रा पानी सोस्ने भएकाले हाम्रो छाला सुख्खा हुने गर्दछ ।

जाडोमा किन रुघाखोकी, हात खुट्टाहरू दुख्ने तथा बाउँडिने जस्ता समस्याहरू आइपर्छन् ?
यो भनेको पानीको कमीले पानी हुने गर्दछ । न्यानो लुगा लगाएर घाममा बस्दा हाम्रो शरीरले बनाउने भिटामिन ‘डी’ बनाउन सक्दैन घाम छालामा परे मात्र भिटामिन ‘डी’ बन्ने भएकोले क्याल्सियम कम हुन्छ र मासुहरू फर्किने बाउँडिने जस्ता समस्याहरू देखिने गर्दछ ।

जाडोमा कस्ता खानेकुराहरूको खाने ?
चिल्लो खानेकुराहरू नखाने कार्बोहाइड्रेट खानेकुराहरू भन्दा प्रोटिन युक्त खाने कुराहरू खाने जस्तै ड्राईफुट, माछामासु खाने । यसले पनि राम्रो गर्दछ । सागपातमा भिटामिन ‘ए’ पाइने भएकोले सागपात तथा फलफूल खादा राम्रो हुन्छ । बाहिरी जङ्गफुडहरू नखाने, बाहिर होटलहरुमा बनाएको खानेकुराहरू नखाने ।

सर्वसाधारणलाई के सुझाव दिनुहुन्छ ?
बिहान र बेलुका चिसो समयमा नहिँड्न सल्लाह दिन्छु । मर्निङ्ग वाक, इभिनिङ्ग वाकको लागि नहिँड्न भन्छु । यदि जानै पर्ने ठाउँ छ भने दिउसो घाम लागेको बेला न्यानो भएर हिँड्न सुझाव दिन्छु ।

पोसिलो खाने कुराहरू खान, पानी धेरै खाने सरसफाइमा ध्यान दिने, घरायसी खानेकुराहरू बेसार, अदुवा, लसुन, तुलसीको पात, मह जस्ता खानेकुराहरूको सेवन गर्ने, छालाको लागि मोस्चराइजर क्रिमहरू लगाउने जस्ता सुझाव दिन चाहन्छु ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *