चिसोबाट बालबालिकालाई कसरी जोगाउने ?

काठमाडौँ । जाडो मौसममा हाम्रो स्वास्थ्यमा विभिन्न समस्याहरू देखा पर्छन् । चिसोमा जब हामी आफ्नो स्वास्थ्यको ख्याल नराखी बेवास्ता गर्छौ तब रोग प्रतिरोधात्मक  क्षमता कमजोर भएर हाम्रो स्वास्थ्यमा समस्याहरू देखापर्न थाल्छन् । जसकारण ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने, छाती दुख्ने, जिउ दुख्नेलगायत समस्या देखिन्छन् ।

विशेषगरी बालबालिका, वृद्धवृद्धा र दीर्घ रोगीहरूमा यस्तो समस्या बढी देखिन्छ । उनीहरूमा प्रतिरोधात्मक  क्षमता कमजोर भएकै कारण रागहरूले चाँडो आक्रमण गर्दछ ।

विशेषगरी साना बालबालिकाहरूलाई जाडोमा कस्ता स्वास्थ्य समस्याहरू देखिन्छन् त ? उनीहरूलाई यस्ता समस्याबाट कसरी जोगाउने ? कस्ता उपाएहरू अपनाउने ? कस्ता नअपनाउने ? ति र त्यस्ता विषयमा मकालु खबरले काठमाडौँ मेडिकल कलेजका बालरोग विशेषज्ञ डा.पावना कायस्थसंग गरेको कुराकानी यसप्रकार रहेको छ ।

जाडो मौसममा बालबालिकाहरूलाई देखापर्नै समस्याहरू

  • रुघाखोकी
  • अचानक ज्वरो आउने, टाउको दुख्ने
  • श्वासप्रश्वासमा समस्या आउने
  • छाती दुख्ने
  • घाँटी दुख्ने
  • नाकबाट पानी बग्ने
  • झाडापखाला लाग्ने
  • घ्यारघ्यार हुने
  • छाला फुट्ने, सुक्खा हुने, चिरिने
  • बच्चाले आमाको दूध नखाने, रुने
  • एलर्जी हुने लगायतका लक्षणहरू देखा पर्दछन् ।

विशेषज्ञ कायस्थले सुरुमा रुघाखोकी लाग्ने तर, यसलाई बेवास्ता गर्दा टाइफाइड, निमोनियालगायत समस्याहरूको जोखिम रहने बताइन् ।

रोकथाम र नियन्त्रणका उपायहरू

  • न्यानो कपडा लगाइदिने
  • प्रतिरक्षा शक्ति बढाउन पोषणयुक्त खानेकुराहरू खुवाउने
  • तातोपानी र झोलिलो पदार्थहरू खानदिने
  • बिहानीको घाम (भिटामिन ‘डी’) मा बसाउने
  • मौसम अनुसारको फलफूल र सागसब्जीहरू खुवाउने
  • बाहिरबाट कोही मानिस घरमा जाँदा आफूले लगाएको लुगा, कपडा फुकालेर मात्रै बच्चासँग भेट्ने
  • बच्चालाई भेट्नुअघि हात अनिवार्य धुने
  • रुघाखोकी लागेका व्यक्तिबाट टाढा राख्ने
  • वेला–वेलामा साबुनपानीले हात धोइदिने
  •  चिसोले छाला फुस्रो हुने, फुट्ने, चिरा पर्ने हुँदा मोस्चराइजर क्रिम लगाइदिने
  • बाहिर हिँड्दा मार्सको प्रयोग गराउने आदि

जाडोमा बालबालिकाको स्वास्थ्यको हेरचाह गर्दा गर्नै नहुने कामहरू

  • घरभित्रै हिटर वा आगो बालेर बालबालिकाहरूलाई गुम्साएर नराख्ने, त्यसो गरेमा बालबालिकाहरूमा अझै श्वास प्रश्वासको समस्या देखिन सक्छ ।
  • खानामा विविधीकरण गरेर खुवाउने
  • जङ्ग फुडहरू खान नदिने
  • खानामा भात र तरकारीको मात्रा बराबर राख्ने
  • शिशुहरूलाई जाडो हुन्छ भनेर गुटमुटाएर नराखिने । उनीहरूको शरीरलाई ठिक्क न्यानो हुने गरि राख्नुपर्छ । नत्र त्यही पसिना भिजेर फेरि चिसो हुनसक्छ । उनीहरूको हातखुट्टा न्यानो भएमा तापक्रम सामान्य छ भनेर थाहा पाउन सकिन्छ ।

डा. कायस्थले चिसोको कारण बालबालिकाहरूमा स्वास्थ्य समस्याहरू बढ्दै गएमा नजिकैको स्वास्थ्य संस्थामा गई चिकित्सकको सल्लाह बमोजिम औषधि उपचार गराउन सल्लाह दिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *