जाडोमा ‘स्किन केयर’ कसरी गर्ने ? यस्तो छ डा.एलिजको सुझाव

काठमाडौँ । ‘स्किन केयर’ भन्ने बित्तिकै हामी सुन्दरता भन्ने बुझ्छौँ, तर स्किन केयर हाम्रो सुन्दरतासँग मात्र जोडिएको छैन । जाडो महिनामा हुने विभिन्न छाला सम्बन्धी समस्याहरूबाट बच्नको लागि पनि ‘स्किन केयर’ को आवश्यकता रहन्छ ।

जाडो महिनालाई छालाको विशेष हेरचाह गर्नुपर्ने बेलाको रुपमा चिनिन्छ । यस अवधिमा छाला चिरा पर्ने, फुट्ने, रगत आउने, चिलाउने, औँलाहरू सुन्निने, निलो हुने जस्ता समस्याहरू बढी देखा पर्छन् । छाला सुख्खा भएर चिलाउने र घाउ खटिराहरू पनि आउनसक्छन् । विशेषतः बालबालिका र वृद्ध वृद्धाहरूमा यस्तो समस्या बढी देखिन्छ ।

जाडो महिनामा कुन उमेर समूहका मानिसहरूका छालामा कस्ता समस्या देखिन्छन् ?, समस्या आउनुको कारण के हो ?, उक्त समस्याहरूबाट बच्न के गर्नुपर्छ ?, स्किन केयर किन आवश्यक छ, स्किन केयर कसरी गर्ने र छाला सम्बन्धी समस्याहरूबाट बच्न कस्ता खानेकुराहरू खाने भन्नेबारेमा काठमाडौँ मेडिकल कलेजकी छाला तथा यौनरोग विशेषज्ञ डा.एलिज अर्यालसंग गरिएको कुराकानीको आधारमा हामीले ‘स्किन केयर’बारे सामग्री तयार पारेका छौं ।

जाडोमा बालबालिकाका छालामा देखिने समस्याहरू

  • छाला सुख्खा हुने
  • चिरा पर्ने
  • फुट्ने र रगत आउने
  • औँलाहरू सुन्निने र निलो हुने
  • र माथिका कारणले अन्य सङ्क्रमणहरू पनि हुनसक्छ ।

जाडोमा महिलाहरूका छालामा देखिने समस्याहरू

  • बढी घाममा बस्दा घामको एलर्जी आउने
  • छालामा फोकाहरू आउने
  • चाया पोतोको समस्या आउने
  • छाला सुख्खा हुने
  • चिरा पर्ने
  • फुट्ने र रगत आउने
  • औँलाहरू सुन्निने र निलो हुने
  • कपालका जराहरू सुख्खा हुने, चिलाउने
  • साथै अन्य सङ्क्रमणहरू पनि हुन सक्छन् ।

जाडोमा पुरुषहरूका छालामा देखिने समस्याहरू

  • कपालमा चाया अलि बढ्ने
  • कपालका जराहरू सुख्खा हुने, चिलाउने
  • छाला सुख्खा हुने
  • चिरा पर्ने
  • फुट्ने र रगत आउने
  • औँलाहरू सुन्निने र निलो हुने
  • अन्य सङ्क्रमणहरू पनि हुन सक्छन् ।

चिसोमा छालामा समस्याहरू देखिनुको कारण ?

  • शरीरमा चिल्लो र पानीको मात्रा कम हुँदा शरीर चिलाउने, फुट्ने समस्या हुन्छ
  • आगो ताप्दा, हिटर बाल्दा र तातो एसी चलाउँदा छाला सुख्खा हुन्छ
  • छालामा पानी र चिल्लोको मात्रा मिलेर रहेको हुन्छ
  • उमेर बढ्दै जाँदा शरीरमा पानी र चिल्लोको मात्रा कम हुँदै जान्छ

स्किन केयर कसरी गर्ने ?

  • मुख धुँदा फेस वास क्रिमको मात्रा कम प्रयोग गर्ने
  • साबुन एकदमै कम प्रयोग गर्ने, कडा साबुन जिउमा नलगाउने
  • बालबालिका र वृद्धवृद्धाको सुख्खा छालामा चिल्लो क्रिम (मोस्चराइजर) लगाइदिने
  • महिलाहरूले घाममा बस्नु अगाडि सन ब्लक क्रिम लगाउने
  • बेलुका सुत्नु अगाडि कुनै पनि चिल्लो क्रिम, मोस्चराइजर क्रिम लगाउने ।
  • सरसफाइमा ध्यान दिने

छाला सम्बन्धी समस्याहरूबाट बच्न कस्ता खानेकुराहरू खाने ?

जाडो महिनामा हुने विभिन्न छाला सम्बन्धी समस्याहरूबाट जोगिन सुन्तला, कागती, अमला जस्ता भिटामिन ‘सी’ युक्त फलफूलहरू खानु उपयुक्त हुन्छ । साथै जाडो महिनामा चिसोको कारणले पानी कम पिउँने हुँदा हाम्रो शरिरमा पानीको मात्रा कम हुने भएकाले प्रशस्त पानी पिउनु पर्दछ ।

  • डा. एलिज काठमाडौंको सिनामंगलस्थित केएमसी हस्पिटलमा कार्यरत छिन् ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *