नेकपा सचिवालय बैठक जारी

 

असार ७, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक  प्रधानमन्त्री निवास, बालुवाटारमा सुरू भएकाे छ । 

३ बजे सुरु भएकाे बैठकमा पार्टीको सांगठनिक एकता प्रक्रिया, समसामयिक राजनीतिलगात विषयमा छलफल भइरहेकाे जानकारी दिइएको छ । 

null

बैठकमा पार्टीका जिल्ला ईञ्चार्ज र सहईञ्चार्जहरुको मापदण्ड कसरी तय गर्ने, कस्तो जिम्मेवारी दिने भन्ने सम्बन्धमा नेताहरुबीच छलफल हुनेछ। 

यसअघि बसेको बैठकमा नै यसको टुंगो लगाउने भनिएको थियो । तर शीर्ष नेताहरुबीच मन्त्री, सांसद, प्रदेशसभा सदस्य भएकाहरुलाई इञ्चार्ज तथा सहइञ्चार्ज बनाउने कि नबनाउने भन्नेमा विवाद देखिएपछि बैठक विना निष्कर्ष टुंगिएको थियो । 

नेपाल पक्षले पार्टीमा मन्त्री र सांसद नभएकाहरु पनि योग्य रहेकाले उनीहरुलाई जिल्लामा जिम्मेवारी दिनुपर्ने अडान लिएका कारण बैठक विना निष्कर्ष टुंगिएको हो । निष्कर्ष नआएपछि प्रधानमन्त्रीको युरोप भ्रमणपछि बैठक बस्ने तय भएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *