रंगशाला निर्माणका लागि सरकारले सहयोग गर्छः प्रचण्ड

 

जेठ २९, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लोकसेवाको विज्ञापन विवादबारे प्रधानमन्त्री केपी शर्मा ओली युरोप भ्रमणबाट फर्किएपछि टुंगो लगाउने बताएका छन् । 

पार्टी कामका सिलसिलामा बुधबार चितवन पुगेका अध्यक्ष दाहालले पत्रकारसँगको कुराकानीमा संसदीय समितिले एक खालको निर्णय गरेको स्पष्ट पार्दै प्रधानमन्त्री आएपछि यसबारे छलफल गरी सकारात्मक टुंगो लगाउने धारणा राखेका हुन् । 

null

यस्तै उनले सरकारको नेतृत्व आलोपालो नै हुने पनि स्पष्ट पारे । उनले भने, ‘सबै कुरा थाहा पाउनुभएकै छ । सहमतिअनुरूप हुन्छ । पटकपटक मेरो मुखबाट किन बोल्न लगाउनुहुन्छ ?’ 

पार्टीभित्र पर्याप्त छलफल नगरी विधेयकहरु ल्याइएकाले विरोधको सामना गर्नुपरेको उनको भनाइ छ । 

अध्यक्ष दाहालले भरतपुर महानगरपालिका–१६ मा बन्न लागेको क्रिकेट रंगशाला देशकै गौरवको आयोजना भएका धारणा राखे । उनले भने, ‘क्रकेट रंगशाला देशकै गौरवको आयोजना हो । यसमा केही उल्झन, साना–मसिना समस्या आउन सक्छ । सबैसँग सहमति, छलफलबाट यसलाई पनि टुंगोमा पुर्याइन्छ ।’ 

उनले चन्दा उठाएर मात्रै रंगशाला निर्माण सम्भव नहुने भन्दै यसमा सरकारले आवश्यक सहयोग गर्ने पनि बताए । रंगशालाका लागि बजेट विनियोजन हुने उनको भनाइ छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *