सरकारले फिर्ता लियो गुठी विधेयक

२०७६ असार ४ गते

असार ३, काठमाडौं । सरकारले गुठी विधेयक फिर्ता लिने घोषणा गरेको छ ।
भूमिव्यवस्थामन्त्री पद्मा अर्यालले मंगलबार पत्रकार सम्मेलन गर्दै विधेयक फिर्ता लिने निर्णय गरिएको जानकारी दिएकी हुन् ।
null
यो विधेयक राष्ट्रियसभामा दर्ता भएको भइसकेकाे थियाे । तर गुठी मास्ने गरी विधेयक ल्याएको भन्दै त्यसको चौतर्फी विरोध, आलोचना तथा प्रदर्शन चर्किँदै गएपछि सरकारले गुठी विधेयक फिर्ता लिने निर्णय गरेको हो ।
यसबारे प्रधानमन्त्रीले साेमबार काठमाडौंका सांसद तथा सरोकारवालाहरुसँग छलफल गरेका थिए । आजै यस विषयमा जानकारी गराउन प्रधानमन्त्रीले संसदमा समय पनि लिएका थिए । तर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि बैठकमा प्रधानमन्त्रीले बोल्न पाएका थिएनन् ।

२०७६ असार ४ गते
प्रतिक्रिया
सम्बन्धित