हलिउड सेलेनाले आफूले विवाह गर्न लागेको जाकारी गराईन्

  

 

जेठ ६ । सेलेना गोमेजले ‘द डेड डोन्ट लाइ’ का सहकर्मी बिल मुर्रेसँग विवाह गर्न लागेको जानकारी इन्टाग्राम मार्फत् दिएकी छिन् । 

null

गायिका एवं नायिका आफ्नो पहिलो कान्स फिल्म फेस्टिबलमा उपस्थिती जनाएपछि घर फिर्ता भएकी छिन् । 

कान्स फिल्म फेस्टिबलको रेड कार्पेटमा हिँड्दाको अनुभव साझा गर्न सेलिनाले इन्स्टाग्रामको सहारा लिएकी छिन् । उनले बिहिबार आफ्नो इन्स्टाग्राम अकाउन्टमा लेखेकी छिन्, ‘म यो फिल्मको सदस्य हुन पाउँदा निकै भाग्यमानी महसुस गरिरहेकी छु । अँ साँच्ची, म र बिल मुर्रे विवाह गर्दैछौं ।’ 

 

कान्सको रेड कार्पेटमा बिलले गोमेजसँग कानेखुसी गरिरहेको देखेपछि यी दुईको प्रेम सम्बन्धबारे विभिन्न समाचार प्रकाशित भएका थिए । उनीहरु एक–अर्काको हात समातिरहेको पनि भेटिएका थिए । 

६८ वर्षे मुर्रेले भ्यानिटी फेयरसँगको कुराकानीमा गोमेजको निकै तारिफ गरेका थिए । उनले भनेका थिए, ‘मलाई उनी निकै मनपर्छ । उनी निकै तीक्ष्ण छिन्, असाध्यै दयालु पनि । आफूलाई मनपर्ने पप आइकन भेटिँदा निकै खुसी छु ।’ 

यद्यपी, पिंकभिल्लाका अनुसार सेलेनाको मुर्रेसँग विवाह गर्ने भन्दै ठट्टा मात्र गरेकी हुन् । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *