चाँडै जागिर पाउने केहि टिप्स

बैशाख २२ ।  तपाईं जागिर खाने सोचमा हुनुहुन्छ वा जागिरको तयारीमा हुनुहुन्छ । यदि त्यसो हो भने तपाईंले आफ्नो हरेक क्रियाकलापमा चेन्ज ल्याउन जरुरी छ । 

 

लिखित परीक्षामा पास हुनुभयो । मौखिकमा तपाईंलाई सधैँ समस्या हुन्छ तर त्यसले तपाईं कमजोर हो भन्न मिल्दैन । कति समय हामिले परीक्षा पास गरेपनि जागिर पाउ गाह्रो भइरहेको हुन्छ । अन्तरवार्तामा सामान्य ध्यान नदिँदा ठूलो समस्या आउँछ । तर तपाईं आफ्नो अन्तरवार्तालाई सफल बनाउन यी सामान्य टिप्स प्रयोग गर्नुहोस्ः– 

null

१. कुनै पनि अन्तरवार्तामा सफल हुनका निम्ति बिषयवस्तुमाथि पुनःस्मरण हुन जरुरी छ । त्यसका लागि बिषयवस्तु बलियो हुनुपर्दछ । तपाई आफ्नो दिमागलाई ताजा राख्न पुनःस्मरण अर्थात् मेमोरी क्षमता बढाउनुहोस् । तपाईले लेखेको बिषयवस्तु सरल भाषामा हुनुपर्दछ त्यसले स्मरण गर्न सहज हुनेछ । 

२. तपाईलाई अन्तरवार्तामा सोधिएका प्रश्नको जवाफ स्पष्ट तरिकाले दिनुहोस् । यदि कुनै प्रश्नको जवाफ घुमाएर भुमिका बाँध्न थालियो भने जागिरमा सफल नहुन सकिन्छ । हरेक प्रश्नको उत्तर आत्मविश्वासका साथ दिनुपर्छ । आफ्नो काम र तयारीबारे आत्मविश्वास राख्नुपर्छ । 

३. अन्तरवार्तामा सोधिएका प्रश्नको जवाफ दिनका लागि तपाईंले रुल फलोअप् गर्नुपर्दछ । यो तरिका अपनाएमा तपाईंलाई धेरै सहज हुनेछ । 

४. तपाईं अन्तरवार्ताका लागि जाँदै हुनुहुन्छ सोच्नुस् की उसले तपाईंलाई केही प्रश्न गरिसकेको छ । तपाईंले सबैको सही जवाफ मिलाउनु भयो । कल्पना गर्नुहोस् । तपाईंले अन्तरवार्ता दिँदा तलब र छुट्टीका बिषयमा कहिल्यै आफ्नो अडान नलिनुहोस् । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *