स्थानीय सरकारबाट संस्था सञ्चालनमा अवरोध भएको आरोप

काठमाडौं, २८ बैशाख । नेपाल महिला जागृति जेष्ठ नागरिक (वृद्धाआश्रम) सेवा सदनले स्थानीय सरकार र पूर्व नगर प्रमुखबाट संस्था सञ्चालनमा अवरोध भएको भन्दै आपत्ति जनाएको छ ।शनिबार पत्रकार सम्मेलन गर्दै उक्त संस्थाले यस्तो विलौना गरेको हो । जेष्ठ नागरिकहरुको सेवामा समर्पित संस्थालाई काम गर्न नदिने नियतले आफूहरुलाई दुःख दिईएको भन्दै न्याय दिलाउन सरकारसमक्ष संस्थाले माग गरेको हो । 

संस्थाकी अध्यक्ष दुर्गा पौडेलले संस्थाको आफ्नै भवन बनाएर जेष्ठ नागरिकहरुको सेवा गर्ने पवित्र उद्देश्य रहेको भएपनि काम गर्ने वातावरण नभएको बताइन् । ‘हामीले प्राकृतित उपचार थेरापीमार्फत जेष्ठ नागरिकहरुको सेवा गर्ने उद्देश्य राखेका छौं । तर, हामीलाई काम गर्न नै नदिनेगरि अवरोध भएको छ ।’ उनले भनिन् । 

 

null

अध्यक्ष पौडेलले पवित्र भावनाले स्थापना गरिएको संस्थालाई उद्देश्यानुसार काम गर्न नदिएकोमा गम्भिर आपत्ति जनाईन् । उनले भनिन्,‘टोखा नगरपालिका र खासगरि यसको नेतृत्वकर्ता नगरप्रमुखले हामीमाथि पूर्वाग्रही राखिन् । हामीलाई काम नै गर्न नदिनेगरि अवरोध भएको छ । संस्थाको भवन बनिसक्दापनि विद्युतलगायतका अत्यावश्यक सुविधा पाएका छैनौं ।’ 

उनले आफूहरुले दुःख गरेर संस्थाको स्थापना गरेको पनि सुनाईन् । ‘हामीले सय–सय रुपैयाँ उठाएर, देउसी–भैलो खेलेर संस्था स्थापना गरेका हौं । हामीले महिलालाई सीपमूलक तालिमहरुसमेत प्रदान गर्दै आएका छौं । तर, आवरणमा समाजसेवा भन्नेहरुले गरिखाने नाममा हामीलाई अवरोध सिर्जना गरे ।’ पौडेलले भनिन् । 

पौडेलले आफूहरुलाई जग्गा दिन्छु भनेर तत्कालिन् धापासी गाविस सचिव ऋषिराम अर्यालले झुक्याएको पनि सुनाईन् । ‘तत्कालिन गाविस सचिव अर्यालले ५ वर्षसम्म पनि हामीले दुःख गरेर संकलन गरेको रकम थन्काईदिए । जग्गा दिन्छु भनेर झुक्याए ।’ 

उनले आफूहरुलाई दुःख दिने नाममा धेरै पटक प्रहरी प्रशासनमा धाउन बाध्य बनाईएको पनि बताइन् । अर्यालले विगत लामो समयदेखि नै आफूहरुलाई दुःख दिईरहेको सुनाउँदै सरकारले यसबारेमा छानबिन गरेर कानूनी कारबाहीको दायरामा ल्याउनुपर्ने समेत माग गरिन् । 

संस्थाकी सल्लाहकार एवम् नमूना नारी शक्ति, नेपालकी अध्यक्ष शान्ता पराजुलीले पवित्र उद्देश्यले खोलिएको संस्थालाई बिना अवरोध चल्न दिनुपर्ने माग गरिन् । स्थानीय प्रशासनले पनि संस्थालाई सहयोग गर्नुपर्ने उनको भनाई थियो । पराजुलीले संस्थालाई लिएर स्थानीय तहमै राजनीतिकरण गरिनु दुःखदायी अवस्था भएको पनि टिप्पणी गरिन् ।  

गत बैशाख २३ गतेबाट प्राकृतिक उपचार थेरापीको सुरु गरेको बताउँदै यो उपचार पद्धतीबाट जेष्ठ नागरिकहरुको लागि खुशीको कुरा भएको समेत जिकिर गरीन् । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *