किन गरिन्छ कस्मेटिक सर्जरी ?

 

जेठ २ ।  कस्मेटिक सर्जरी प्लास्टिक सर्जरीकै एउटा अंग हो । कस्मेटिक सर्जरीलाई सुन्दरता निखार्ने प्रक्रियाका रुपमा पनि लिने गरिन्छ । विशेषगरी अनुहारमा नमिलेको भाग र चाउरी परेको छालालाई तन्काउनेदेखि लिएर सुन्दर अनुहार तथा शरीरका लागि कस्मेटिक सर्जरी गर्न सकिन्छ । 

शरीरको बाहिरी अंगमा कुनै कमी महसुस भएमा कस्मेटिक सर्जरी गरेर परिपूर्ति गर्ने गरिन्छ । कस्मेटिक सर्जरीबारे सही जानकारी पाउन नसक्दा यो सेवा लिन चाहने धेरै मानिस सेवाबाट वञ्चित हुँदै आएका छन्। 

null

कुनै पनि सर्जरी गर्दा अरुको लहैलहैमा लागेर गर्नु भन्दा राम्रोसँग बुझेर गर्नुपर्छ । कस्मेटिक सर्जरी दुई प्रकरले गर्न सकिन्छ । एउटा सर्जरी र अर्को ननसर्जरी । सबै उमेर समूहका मानिसले कस्मेटिक सर्जरी गर्न मिल्छ । विशेषगरी १८ देखि २५ वर्ष उमेर समूहका सेवाग्राही यसप्रति आकर्षित छन्। यस्तै, ३५ वर्षमाथिका मानिसले छाला तन्काएर लुकाउन कस्मेटिक सर्जरी गर्ने गर्छन् । जन्मजात अनुहारमा वा शरीरको देखिने भागमा कुनै प्रकारको खोट भएका युवाले आफ्नो सुन्दरताका लागि कस्मेटिक सर्जरी रोज्छन्। 

सकेसम्म प्लास्टिक तथा कस्मेटिक सर्जनसँग सल्लाह लिएर मात्र सर्जरी गर्नु उपयुक्त हुन्छ । कस्मेटिक सर्जरी नेपालमै गरिँदै आएको छ । नेपालमा सर्वसुलभ ढंगले यो सेवा पाइन्छ । प्लास्टिक सर्जरीका लागि नेपालीहरू विदेश गएर लाखौं रुपैयाँ खर्च गर्छन् तर यहीँ पाउने सेवाबारे भने जानकारी राख्दैनन्। 

किन गरिन्छ सर्जरी ?– साना आँखालाई अलिक ठूलो र आकर्षक देखाउन ।– ठूलो वा नमिलेको नाकलाई सुन्दर देखाउन । जसलाई राइनो सर्जरी भनिन्छ ।– आँखा, नाक, छाला, नमिलेको गाला, निधार आदि मिलाएर सुन्दरतामा निखार ल्याउन।– महिलाको ठूलो वा झोल्लिएको छातीलाई सानो वा आकर्षक बनाउन ।– गर्भावस्थामा महिलाको तिघ्रा तथा पेटमा आउने ‘स्ट्रेचिङ’ अर्थात् सेतो धर्सा केही हदसम्म भए पनि मेटाउन ।– मोटो पेटलाई घटाउन ।– पुरुषको सानै उमेरमा छाती ठूलो छ भने त्यसलाई सामान्य अवस्थामा ल्याउन ।– आगोले पोलेको दाग हटाउन ।– जोडिएका औंलाहरु छुटाउन ।– बांगो कान सामान्य जस्तै बनाउन ।– ‘सिलिकन ब्रेस्ट इम्प्लान्ट’ गरी सानो स्तनलाई ठूलो बनाउन ।– काटिएको ओठ बनाउन, ओठ सानो वा ठूलो बनाउन । (यो इन्जेक्सनबाट पनि गराउन मिल्छ) ।– आँखाको तलपट्टि जमेको बोसो हटाउन । आदि । 

कस्मेटिक सर्जरी गर्दा प्रकृति हेरेर खर्च लाग्ने गर्छ । अस्पताल अनुसार पनि फरक–फरक मूल्य तिर्नुपर्ने हुन सक्छ । त्यसैले कस्मेटिक सर्जरी गर्न यति नै खर्च लाग्छ भनेर किटान गर्न सकिँदैन । जति जटिल शल्यक्रिया भयो त्यति नै खर्च महँगो पर्छ । 

विशेषगरी, छाला टाइट गर्ने, पेटको बोसो फाल्ने जस्ता शल्यक्रिया महँगो पर्छ । प्लास्टिक सर्जरी वा कस्मेटिक सर्जरी जे भने पनि मुख्यतः यो काटेरै गर्ने सर्जरी हो । तर, अनुहारको सर्जरी गर्दा नदेख्ने भागको छाला काटेर जोड्ने भएकाले त्यसको दाग देखिँदैन । जस्तैः नाकको सर्जरी गर्नुपर्दा कानको पछाडिपट्टिको छाला ल्याएर गरिन्छ । कस्मेटिक सर्जरी गरेपछि सामान्य अवस्थामा आउन एकदेखि चार हप्तासम्म लाग्न सक्छ । 

सर्जरी गर्दा सुन्निने वा निलो डाम बस्ने भएकाले त्यो निको हुन समय लाग्ने हो । पेटको शल्यक्रिया गरेको छ भने निको हुन अलि बढी समय लाग्छ । केही समयसम्म काम गर्नु हुँदैन, किनकि यो जटिल शल्यक्रियामा पर्छ । पेटको कस्मेटिक सर्जरी निको हुन एकदेखि डेढ महिनासम्म आराम गर्नुपर्ने हुन्छ । 

कस्मेटिक सर्जरी गर्दा खासै ‘साइड इफेक्ट’ नहुने भएकाले डराउनु पर्दैन । तथापि, शल्यक्रियापछि केही न केही समस्या आउन सक्ने सम्भावनालाई ध्यानमा राखेर आफ्नो हेरचाह गर्नुपर्छ । अन्य शल्यक्रियामा जस्तै यसमा पनि औषधि सेवन गर्नुपर्छ । यसमा पनि अन्य शल्यक्रियामा जस्तै बिरामीलाई बेहोस बनाउनुपर्छ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *