राजपा नेता यादव र मण्डल जेल चलान

 

जेठ ६, काठमाडौं । किर्ते उपभोक्ता समिति गठन गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय जनता पार्टी (राजपा) का केन्द्रिय सदस्यद्वय कारागार चलान भएका छन् । 

सप्तरी जिल्ला अदालतका न्यायाधीश उमेश कोइरालाको एकल इजलासले राजपाका केन्द्रीय सदस्य विपी यादव र हरि मण्डललाई पुर्पक्षका लागि कारागारमा राख्न आदेश दिएको हो । 

null

यादव पहिलो संविधानसभामा तत्कालीन मधेसी जनअधिकार फोरम नेपालका तर्फबाट समानुपातिक सभासद भएका थिए । रातो पासपोर्ट काण्डमासमेत मुछिएका उनी पछिल्लो समय राजपा नेपालमा केन्द्रीय सदस्य हुन् । 

सोही प्रकरणमा पक्राउ परेका पूर्वाधार विकास डिभिजन कार्यालय सिरहाका प्रमुख सिनियर डिभिजनल इन्जिनयर राजकुमार गोइत भने ४ लाख धरौटीमा रिहा भएका छन् । उनी पुर्पक्षका लागि तारेखमा रिहा भएका हुन् । 

यस्तै पक्राउ परेका रुपनी गाउँपालिका–६ का रामानन्द ठाकुर र सोही ठाउँका दिलिप दाससँग अदालतले साढे दुई लाख धरौटी माग गरेको छ। उनीहरुमाथि प्रदेश–२ को भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सप्तरी जिल्लामा सञ्चालित योजनाको रकम कुम्ल्याउन गाउँपालिका तथा वडा कार्यालयको लेटरप्याड तथा दस्तखत किर्ते गरी सडक निर्माण उपभोक्ता समिति बनाएको आरोप छ। 

प्रहरीले उनीहरुलाई गत बैशाख ५ गते बिहीबार पक्राउ गरेको थियो । सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका २ र ३ जोड्ने सडकमा माटो र ग्राभेलको काम गर्न प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्रालयबाट आएको २५ लाख रुपैयाँको योजना सञ्चालन गर्न किर्ते उपभोक्ता समिति गठन गरेको आरोपमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । 

पक्राउ परेका दुवै जनालाई प्रहरीले बैशाख ५ गते नै जिल्ला अदालतबाट सरकारी छाप, दस्तखत किर्ते गरेको मुद्दामा म्याद थप गरेको थियो । 

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको २५ लाख रुपैयाँ बजेट फुत्काउन उनीहरू दुवै जनासहित अन्यले ग्निसाइरकृष्णासवरण गाउँपालिकाको लेटरप्याड र छाप किर्ते गरेको प्रहरीको दाबी छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *