करियर बनाउने केही टिप्स

बैशाख १८ । यदि तपाई कलेजको विद्यार्थी हुनुहुन्छ वा भर्खर कलेजमा भर्ना हुन लाग्नु भएको छ ? छ भने तपाईं आफ्नो जिवन र करियरको विषयमा आफैं निर्णय लिन सक्नुहुन्छ । यो यस्तो समय हो, जब तपाईंले लिएको एउटा निर्णयले तपाईंको भविष्यमा असर गर्नसक्छ । 

 

आज हामी  तपाई विज्ञहरुले बताएका केही टिप्स दिन गइरहेका छौं, जुन टिप्सबाट तपाईले यो आफ्नो करियर बनाउनका लागि धेरै कुरा जान्न सक्नुहुने छ । 

null

१. यदि तपाईं आफ्नो भविष्यका लागि कुनै क्षेत्र रोजि सक्नुभएको छ भने त्यो राम्रो हो । छैन भने सबैभन्दा पहिला आफ्नो जिवनका लागि सही र उचित क्षेत्रको छनोट गर्नुहोस् । र, त्यही क्षेत्रसँग संलग्न कुनै पनि विषयमा विशेषज्ञता बनाउनुहोस् । आजको समय विशेषज्ञताको हो । तपाईंले कुनै विषयमा विशेषज्ञता हासिल गर्न सक्नुभयो भने यसले तपाईंलाई क्षमता विकासका लागि मद्दत गर्नेछ । 

२. कुनै क्षेत्रमा विशेषज्ञता प्राप्त गरेपछि एउटा लक्ष्य बनाउनुहोस्, कि २४ वर्षको उमेरसम्म तपाईंको हातमा एउटा राम्रो करियर परिसकेको हुनेछ । तपाई कुनै राम्रो व्यवसायी वा विषयगत विज्ञ पनि बन्न सक्नुहुन्छ । 

३. तपाई भविष्यमा के गर्न चाहानुहुन्छ ? यसको निर्णय तपाईं आफैंले आफ्नो क्षमताअनुसार लिनुपर्ने हुन्छ । तपाईको साथी के गर्दै छन् सोचेर कुनै निर्णय नलिनुहोस् । निर्णय लिने समयमा यो पनि सोच्नुस कि तपाईले रोजेको क्षेत्रमा ५ देखि ७ वर्षपछि कस्तो स्कोप रहने छ । 

४. एसईईदेखि १२ कक्षासम्म हरेक कोलोनीमा जो कोही पनि साथी हुन सक्छन् । तर, यसपछिको समयमा तपाईले कलेज भर्ना भएपछि मित्रतामा पनि सेलेक्टिभ हुन आवश्यक हुन्छ । राम्रो साथीको पहिचान गर्न सिक्नुहोस् । ती मानिसहरु जो तपार्इंको पढाई र करियरका लागि समस्या बनेका छन्,उनीहरुलाई आफ्नो लिस्टबाट हटाउनुहोस् । यसको मतल ती साथीहरुलाई आफ्नो जिबनबाट बाहिर निकाल्ने भने हैन । उनीहरुसँग सम्बन्ध बनाई राख्नुस् । हरकोही कुनै समय काम लाग्ने छन् । 

५. अब तपाईले प्रोफेश्नल बन्न पनि सिक्नुपर्ने हुन्छ । यदि रोजगार शुरु गर्नुअघि नै तपाइले प्रोफेश्नल बन्न सिक्नुभयो भने भविषयमा कुनै अफिसमा काम गर्न तपाईंलाई असहज हुने छैन । यसले तपाईलाई कुनै समस्या निम्त्याउन दिँदैन र भविषयमा आफ्नै व्यवसाय गर्दा पनि यसले धेरै मद्दत पुराउने छ । एजेन्सी  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *