तपाई सामाजिक सञ्जाल चलाउनु हुन्छ ? त्यसो भए तपाईले जान्नै पर्ने यी कुरा

 

जेठ ९, काठमाडौँ । पक्कै तपाईं पनि एक प्रखर सामाजिक सञ्जाल प्रयोगकर्ता हुनुहुन्छ होला ! सामाजिक सञ्जालमा चाहिनेभन्दा बढी समय खर्च गरेकोबारे प्रायश्चित्त गर्दै त हुनुहुन्न ? अथवा, आफ्ना साना भाइबहिनी सामाजिक सञ्जालमा झुन्डिएर बानी बिगारे भन्ने चिन्ता गर्नुभएको त छैन ? विशेषगरी, सामाजिक सञ्जालको प्रभावमा किशोर–किशोरीहरू बढी परेका छन् । 

सामान्यतया, सामाजिक सञ्जाल चलाउन १३ वर्ष पुगेको हुनुपर्छ । यो उमेरमा उत्सुकता धेरै हुने भएकाले के राम्रो–नराम्रो भन्ने छुट्याउन सक्ने अवस्था हुँदैन । त्यसैले, सामाजिक सञ्जाल व्यवस्थित रूपमा चलाउन निम्न कुरामा ध्यान दिन सकिन्छ : 

null

प्रयोजन:सामाजिक सञ्जाल के हो भनेर बुझेर मात्रै यसको प्रयोग गर्नुपर्छ । खासगरी, केका लागि चलाउने भन्ने यकिन हुन जरुरी छ । साथीभाइसँग जोडिन, घरपरिवारर आफन्तसँग सम्पर्कमा रहन, केही कुरा सिक्न, अफिसियल काम गर्न, वा आफ्नो परीचय स्थापित गर्न आदि विभिन्न शीर्षकमध्ये के प्रयोजनका लागि चलाउने हो, पहिले नै स्पस्ट हुनु आवश्यक हुन्छ । अर्थात्, सामाजिक सञ्जाल प्रयोगका लागि रणनीति बनाउन जरुरी छ । यसले व्यवस्थित रूपमा चल्न सहयोग गर्छ । 

समय:लामो समयसम्म सामाजिक सञ्जालमा झुन्डिएर भने बस्नु हुँदैन । खासगरी, युवाहरूमा लामो समयसम्म सामाजिक सञ्जाल चलाउने लत पर्न सक्छ । यसले व्यक्तिको स्वास्थ्यमा असर गरिरहेको हुन्छ । सामाजिक सञ्जालमा यस्ता महत्वपूर्ण जानकारी हुन्छन्, जसको प्रयोगबाट प्रचुर मात्रामा ज्ञान लिन सकिन्छ । तर, नकारात्मक पक्ष पनि उत्तिकै हुने भएकाले सजग भएर चलाउनुपर्छ । दिनमा कति समय चलाउने तथा कुन समयमा के पोस्ट गर्ने भन्ने बुझेर तयारीका साथ चलाउँदा राम्रो हुन्छ । 

जानकारी:विशेषगरी, किशोर–किशोरीमा सामाजिक सञ्जालबारे चेतनाको कमी हुन्छ । जुनसुकै साइट खोलेर हेर्ने तथा अनावश्यक पेज लाइक गर्ने हुन्छन् । यसले उनीहरूको मस्तिष्कमा प्रत्यक्षरअप्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ । यसको जिम्मेवारी अभिभावकले लिनुपर्छ । सामाजिक सञ्जालका फाइदा/बेफाइदाबारे विद्यालय वा घरमा छलफल गर्नुपर्छ । सामाजिक सञ्जालमा आइरहने कतिपय विषयमाथि जानकार नहुँदासमेत अपराध भइरहेका हुन्छन् । कम्तीमा यसले पार्न सक्ने प्रभावबारे जानकारी हुनुपर्छ । 

नियमपालना:सामाजिक सञ्जालमा जथाभावी पोस्ट गर्नुहुँदैन । अरूको व्यक्तित्वमा आँच आउने सामग्री र झुटा समाचार अर्थात् फेक न्युज राख्नुहुँदैन । यस्ता सामग्री जथाभावी प्रयोग गरिएमा कारबाहीसमेत हुने व्यवस्था छ । सामाजिक सञ्जाल संयम र व्यवस्थित भएर चलाउन आवश्यक छ । यसमा आफ्नो मात्र नभई सबैको हित हुने सामग्री पोस्ट गर्नुपर्छ । यसको सही प्रयोग गरे आफ्नो व्यक्तित्वको विकासका साथै आफ्नो कामबारेसमेत अरूलाई जानकारी दिन सकिन्छ । 

केही तथ्य:संसारकै सबैभन्दा बढी प्रयोग हुने सामाजिक सञ्जाल फेसबुकमा मात्र मासिक रूपमा २.३ अर्ब सक्रिय प्रयोगकर्ता छन् । १५ वर्षअघि सुरु भएको फेसबुकमा ३५ हजार कर्मचारी काम गर्छन् । नेपालमा ८० लाखभन्दा बढी फेसकबुक प्रयोगकर्ता भएको तथ्यांक छ । फेसबुकसँगै ट्विटर, भाइबर, इन्स्टाग्राम र ह्वाट्सएपजस्ता विभिन्न सामाजिक सञ्जाल चलाउनेको संख्या दिनदिनै बढिरहेको छ । सूचनाका लागि सामाजिक सञ्जाल महत्वपूर्ण पाटो हो । अझ, टाढा रहेका आफन्तसँग फोटो र भिडियो हेरी कुराकानी गर्न बच्चादेखि बुढाबुढीसम्म खुसी हुन्छन् । 

अहिले हामी बढी समय आ–आफ्ना मोबाइल फोनसँग व्यतीत गर्छौं । आफ्नो महत्वपूर्ण काम छाडेर भए पनि सामाजिक सञ्जालमा लाइक र कमेन्ट गर्न लाग्छौँ । सामाजिक सञ्जालको पनि गलत प्रयोग भइरहेको छ । सामाजिक सञ्जालमार्फत स्थापित सम्पर्कका कारण हत्या, हिंसा र अपहरणजस्ता अपराध बढिरहेको प्रहरीको तथ्यांक छ । एजेन्सी 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *