केन्द्रीय समितिले निर्णय नसच्याए विशेष महाधिवेशनमा जाने जिल्ला सभापतिहरुको चेतावनी

 

चैत २१, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले केन्द्रिय समितिबाट पारित विधानलाई पुनर्विचार गर्न पार्टी नेतृत्वलाई आग्रह गरेका छन् । 

काठमाडौंमा बिहीबार सम्पन्न जिल्ला सभापतिहरुको दुई दिने बैठकले केन्द्रीय समितिलाई आफ्नो निर्णय सच्याउन आग्रह गरेको हो । बैठकमा सहभागी ४३ जिल्ला सभापतिहरुले निर्णय नसच्याए हस्ताक्षर अभियानदेखि महाधिवेशन सम्म जाने अल्टिमेटम समेत दिएका छन् । 

null

महासमिति बैठकले केन्द्रीय तहमा रहेका नेताहरु पनि आगामी महाधिवेशनमा तल्लो तहबाटै चुनिएरै प्रतिनिधि बन्नुपर्ने र पार्टीले समानुपातिकतर्फ पठाउँदा एकपल्ट भन्दा बढी अवसर दिन नहुने प्रस्ताव पारित गरेको थियो । 

तर केन्द्रीय समितिको बैठकले बहुमतको आधारमा त्यसलाई उल्ट्याउँदै केन्द्रीय समितिमा रहेका नेताहरु स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था राखेपछि जिल्ला सभापतिहरु आक्रोशित भएका हुन् ।  

कांग्रेस केन्द्रिय समितिको बैठक २३ गते बस्ने जानकारी गराउँदै बैठकमा सहभागी जिल्ला सभापतिहरुले केन्द्रिय समितिको बैठकबाट आफ्नो माग सम्बोधन नगरिए महाधिवेशनका लागि हस्ताक्षर अभियान चलाउने चेतावनी समेत दिएका छन् । 

त्यस्तै बैठकले बारा र पर्सामा भएको धनजनको क्षतिपछि ७७ वटै जिल्लाबाट राहत संकलन गरेर सम्बन्धित जिल्लाका सभापतिमार्फत पु¥याउने निर्णय पनि गरेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *