पौडीमा आर्मीले तीन स्वर्ण हात पार्न सफल

बैशाख ८, नेपालगञ्ज । नेपालगञ्जमा आज सम्पन्न भएको आठौँ राष्ट्रिय खेलकुद पौडी प्रतियोगितामा त्रिभुवन आर्मी क्लवले तीन स्वर्ण हासिल गरेका छन् । चार प्रतिस्पर्धामा भएको पौडीमा एनआरएनले एक स्वर्ण जितेर चित्त बुझाएका छन् । 

 महिला ८ सय मिटर फ्रिस्टाइलमा आर्मीकी गौरीका सिंहले उपास्ती महर्जनलाई हराई स्वर्ण जितेकी हुन् भने विधामा नेपाल पुलिस क्लवका सामिरा शोभा थापाले कास्यमा चित्त बुझाउनु परेको थियो । आर्मीकी दुआना लामाले महिला २ सय मिटर बटरफ्लाईमा स्वर्ण हात पार्दा एपीएफकी श्रीवी महर्जनले रजत र एपीएफकै दिया स्थापितले कास्य जितेकी छिन् । 

एनआरएनका नाथनध्वज श्रेष्ठले पुरुष ८ सय मिटर फ्रिस्टाइल पौडी प्रतियोगितामा स्वर्ण पदक जित्न सफल भएका छन् भने एपीएफका नासिर हुसैनले रजत र एपीएफकै अर्जिन महर्जनले कास्य पद हासिल गरेका छन् । 

null

त्रिभुवन आर्मीका अनुभव सुब्बाले पुरुष २ सय मिटर बटरफ्लाइमा २ मिनेट २० सेकन्डमा दूरी पार गरी स्वर्ण हात पर्न सफल भएका छन् । त्यस्तै एनआरएनका नथनध्वज श्रेष्ठले २ मिनेट २३ सेकन्डमा दूरी पार गरी रजत हात परेका छन् भने नेपाल पुलिसका सैयद हमजा शाहले कास्य पदक जित्न सफल भएका छन् । 

आठौँ राष्ट्रिय खेलकुद अन्तगर्त आज बेलुका ४ बजे अन्य प्रतिस्पर्धाको फाइनल खेल सम्पन्न हुनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *