संयुक्त विद्यार्थी संगठनको आन्दोलन सर्यो, अब कहिले हुन्छ ?
२०७६ वैशाख ११ गते

बैशाख ११, काठमाडौं । प्रतिपक्ष दलका विद्यार्थी संगठनहरुले सरकार विरुद्ध घोषणा गरेको बैशाख १३ गतेको आन्दोलनलाई स्थगित गरेर १७ गते गर्ने भएका छन् ।
आज बिहान रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर कांग्रेस नेता राम कृष्ण ताम्राकारको निधनको शोकका कारण १३ गते गर्ने भनिएको आन्दोलन १७ गतेका लागि सारिएको नेपाल विद्यार्थी संघ आर आर क्याम्पस इकाईका सचिव अनुराग शाहले जानकारी दिए ।
null
सरकार भ्रष्टाचारमा लिप्त भएको, देशमा अधिनायकवाद ल्याउन उद्द्त भएको, पोखरा युनिभर्सिटीले विद्यार्थीहरुको भविष्यमाथि खेलवाड गरेको, बालुवाटार जस्ता सरकारी सम्पत्ति व्यक्तिका नाममा हुँदा पनि सरकार चुपचाप लागेको भन्दै त्यसको विरुद्ध आवाज उठाउन आफूहरुले १७ गते बृहत् शक्ति प्रदर्शन गर्न लागेको शाहले उल्लेख गरे ।
२०७६ वैशाख ११ गते
प्रतिक्रिया
सम्बन्धित








